आर्थिक बोझ, स्वतन्त्रता गुम्ने भन्दै जापानीले ३० वर्ष नाघेपछि  विवाह गर्न चाहदैनन

- जापानमा १ सय २० वर्ष यता कै सबैभन्दा कम शिशु जन्मे

-


     जनहित न्युज    
     श्रावण २ गते २०७९


सरकारी सर्वेक्षणअनुसार जापानमा ३० वर्ष नाघेका चारमध्ये एकजनाले आर्थिक बोझ, स्वतन्त्रता गुम्ने र घरको कामसँग सम्बन्धित समस्याका कारण विवाह गर्न चाहँदैनन्।

सर्वेक्षणले गत वर्ष जापानमा विवाहको संख्या ५ लाख १४ हजारमा झरेको देखाएको छ, जुन सन् १९४० को दशकमा दोस्रो विश्वयुद्धको अन्त्यपछिको सबैभन्दा कम हो।

दोस्रो विश्वयुद्धपछि जापानमा बेबी बूम भएको थियो यद्यपि, यो १९४७ देखि १९४९ सम्म मात्र दुई वर्षसम्म चलेको थियो। दोस्रो बेबी बूम सन् १९७१ देखि १९७४ सम्म चलेको थियो, यद्यपि जापानको जनसंख्या चिन्ताजनक रूपमा घट्दै गएको छ।

सन् २०१९ मा देशको जनसंख्या २ लाख ७६ हजारले घटेको एक प्रतिवेदनले जनाएको छ। सरकारले २० र ६० वर्ष उमेर समूहका २० हजार व्यक्तिको नमूना प्रतिक्रियापछि यो अध्ययन गरेको हो।

५४ प्रतिशत पुरुष र ६२ प्रतिशत महिलाले ३० वर्षको उमेरमा विवाह गरेको सर्वेक्षणले देखाएको छ। यी निष्कर्षहरू लैंगिक समानतासम्बन्धी सरकारको श्वेतपत्रको अंश हुन्।

पुरुषभन्दा बढी महिलाले घरको काम, बाल हेरचाहमा संलग्न हुन नचाहनु र समग्रमा आफ्नो स्वतन्त्रता गुमाउन नचाहेका कारण उनीहरू वैवाहिक बन्धनमा गाँसिन नचाहेको प्राप्त विवरणहरूमा जनाइएको छ।

पुरुषहरूले आर्थिक क्षमताको अभाव र जागिरको असुरक्षा नै विवाह नगर्नुको प्रमुख कारण रहेको बताए।जापानले धेरै वर्षदेखि वृद्धावस्थासँग लडिरहेको छ।

राष्ट्रसंघको एक प्रतिवेदनअनुसार जापान विश्वमै सबैभन्दा बढी वृद्धवृद्धा जनसंख्या भएको देश हो। सन् २०५० सम्म यो अग्रता कायम रहनेछ।

जापानमा १ सय २० वर्ष यता कै सबैभन्दा कम शिशु जन्मे

जापानमा जन्मिएका शिशुको संख्या २०२१ मा ८११,६०४ को रेकर्ड न्यूनमा झरेको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ।
महिलाले आफ्नो जीवनकालमा जन्माउने बच्चाको औसत संख्या २०२० बाट ०.०३ अंकले घटेर १.३० मा पुगेको छ, जबकि विवाहको संख्या २४,३९१ घटेर ५,०१,११६ पुगेको छ, जुन युद्धपछिको युगमा सबैभन्दा कम रहेको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ।
जापानमा १ सय २० वर्ष यता कै सबैभन्दा कम शिशु जन्मेको सरकारी तथ्याङ्कले देखाएको छ।
२०२१ मा रेकर्ड गरिएको तथ्यांक अनुसार गत वर्ष ८ लाख ११ हजार ६०४ शिशुको मात्र जन्म भएको थियो जुन १८९९ यता कै सबैभन्दा कम भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्यांकमा भनिएको हो ।
जन्मदरका हिसाबले जापान सन् १८९९ मा फर्किएको छ स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले भने- सन २०२१ मा कम जन्मेको संख्या रेकर्ड देखियो जुन जनसंख्यामा अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट हो । स्वास्थ्य मन्त्रालयले तथ्याङ्क सङ्कलन गर्न थालेपछिको यो सबैभन्दा कम संख्या हो। अघिल्लो वर्षको तुलनामा २९ हजार २३१ कम शिशुको जन्म भएको छ ।
गत वर्ष जापानमा मृत्यु हुनेको संख्या १४ लाख ३९ हजार ८०९ रहेको थियो ।मृत्यु र शिशुको जन्मदरलाई हेर्दा कुल जनसंख्यामा ६ लाख २८ हजार २०५ को कमी आएको देखिन्छ ।
जापानमा समग्र प्रजनन दर एक महिलाले उसको जीवनकालको प्रजनन अवस्थामा जन्मेका बच्चाहरूको औसत संख्या लगातार छैटौं वर्षमा झरेर १.३ मा पुगेको छ । विश्वमा सबैभन्दा छिटो बुढ्यौली हुने देशको जनसङ्ख्याहरू मध्ये जापान अग्र स्थानमा रहेको छ । कोरोनाको महामारी रोक्नको लागि गरिएको देशको बन्द सीमानाहरूले पनि कार्यबलमा संकुचनलाई छिटो यस्तो अवस्था रहेको हुनसक्ने आकलन बिज्ञहरूले गरेका छन ।
जापानमा घट्दो जन्मदर एक प्रमुख समस्याको रूपमा रहदै आएको तथ्यलाई यो तथ्यांकले झन बल पुर्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?