
सेन्दाई विद्यार्थी समूहको जुलाई १८ तारिक हुने प्रथम अधिवेशन तथा नवप्रवेशी नेपाली विद्यार्थीहरूलाई स्वागत तथा सहयोगी अग्रज सम्मान साथै यस वर्षको कार्य तालिका सार्वजनिकीकरण कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ।
जापानको मियागी केनको सेन्दाइ शहरमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई एकीकृत गरी उनीहरुको सहयोगमा रचनात्मक कार्य गर्दै आइरहेको ‘सेन्दाई विद्यार्थी समूह’को प्रथम अधिवेशनको लागि विषयगत समितिहरूले आफ़्नो ज़िम्मेवारीका कार्य पूरा गरि सकेको कार्यक्रम संयोजक गोकर्ण रूपाखेतीले जानकारी दिए ।
सेन्दाई विद्यार्थी समूहले वार्षिक रूपमै कार्ययोजना बनाएर आफ़्नो सक्रियता बढाउने भको छ ।
त्यसका लागि २०२२ को अगस्टमा रक्तदान कार्यक्रम र विद्यार्थीहरूको समस्या र समाधानको उपायहरूको लागि एनआरएनए जापान, स्थानीय स्तरमा सक्रिय संघसंस्था, राजनीतिक दलका क्षेत्रीय संगठन , विभिन्न स्कूल , हाकेन कम्पनी, कम्पनी , मोबाइल पसलमा तथा बिभिन्न क्षेत्रमा कार्यरत नेपालीहरूको सहभागितामा अन्तरक्रिया तथा समन्वय कार्यक्रम गरिने पनि संयोजक रूपाखेतीले बताए ।
आउने वर्षमा सेनमोन गाक्को जाने विद्यार्थीहरूको लागी सेनमोन गाक्कोसंगको समन्वयमा सेचूमेखाइ कार्यक्रम, सेन्दाई विद्यार्थी समूह हेल्प डेक्स संचालन गर्ने समेत योजना रहेको छ ।
२०२२ को सेप्टेम्बरमा गाक्को सकिएर वर्किङ भिषा परिवर्तन गर्न चाहाने विद्यार्थीहरू लक्षित सहयोगी कार्यक्रम, खेलकुद कार्यक्रम गरिने त्यसैगरि अक्टोबरमा
पढाइ सकेर कर्म स्थान जाने विद्यार्थीहरू बिदाइ कार्यक्रम
र साहित्य कार्यक्रम गरिने बताईएको छ ।
नोभेम्बरमा भिषा परिवर्तनको लागि सहयोगी कार्यक्रम
बिभिन्न व्यक्ति तथा सघं संस्थासंगको सहकार्यमा डिसेम्बरमा रक्तदान,खेलकुद , साहित्य, सांस्कृतिक, आन्तरिक प्रतियोगिता मध्य कुनै दुई कार्यक्रम गरिने
जानकारी प्रचारप्रसार उपसमितिका संयोजक सुजन कार्कीले दिए ।
सेन्दाई विद्यार्थी समूहको अधिवेशन तथा नवप्रवेशी विद्यार्थी स्वागत तथा सहयोगी अग्रज सम्मान कार्यक्रम मार्फत एक आपसमा सहयोग आदानप्रदान गर्न र नेपालबाट आउदाको नियास्रो मेट्न पाउने भएकोले नव आगन्तुक विद्यार्थीहरू उत्साहित रहेको कार्यक्रम संयोजक रूपाखेतीले बताए । साथै उनले सो कार्यक्रममा उपस्थितिको लागि सबैलाई आग्रह समेत गरे ।



