
छैठौ अधिवेशनबाट आगामी कार्यकाल २०२२-२०२४ को लागि रामु साहनी (हटिया धुस्तुङ)को अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन भएको छ ।
बिहिबार जापानको ओसाका स्थित जिग्री दोहोरी साँझमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा नारायण थापा (मल्म), नवीन गौतम (घाईरन) र जनक बोहोरा( बोहोराफाँट) सचिवमा तेजु खत्री ( दुदिलाभाटी), सह सचिवमा शुक्र पुन( नरेठाटी) कोषाध्यक्षमा विपिन सापकोटा (काक्राखोर) सह- कोषाध्यक्षमा कौशल बोहोरा (बोहोराफाँट) निर्वाचित भएको क्षेत्रीय समितिको निर्वाचन सम्पन्न गर्न ज़िम्मेवारी पाएका समाजका उपाध्यक्ष सुमित खत्रीले जानकारी दिए ।

सम्पन्न अधिवेशनबाट निर्वाचित हुने कार्यसमितिको सदस्यमा बेल बस्नेत, दुर्गेश कार्की, नवीन रेग्मी र गणेश केसी रहेका छन । त्यसैगरि सदस्यहरूमा सागर केसी, दिल चलिसे, राजन खड्का, मदन केसी, रोशन सापकोटा, हिरा खड्का, राजु परियार र सुरेश परियार रहेका छन ।

गलकोट समाज जापानले सामाजिक कार्यमा जापानको नेपाली समुदायमा अग्रणी भूमिका खेलिरहेको वर्तमान अवस्थामा त्यसलाई निरन्तरता दिनका लागि कान्साइ क्षेत्रीय समितिले अहम भूमिका निर्वाह गर्नको लागि कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गलकोट समाज जापानका अध्यक्ष यम खत्रीले आग्रह गरे ।
कार्यक्रममा बोल्दै नेपाली जनप्रगतिशील मंच जापानका अध्यक्ष भवानी पन्तले गलकोट समाजले गर्ने हरेक सामाजिक सेवाका कार्य, मानवीय सेवाको सहयोग, र आपतकालीन सहयोगका हरेक कार्य गर्दा पारदर्शीतालाई मुख्य केन्द्रमा राखेर गर्ने गरेकाले नै सबैको बिश्वास जित्न सकेकोले यो बिश्वासलाई क़ायम राखी राख्न सबै तहका समितिलाई आग्रह गरे ।

अधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्ने अन्य व्यक्तित्वहरूले समाजको गरिमालाई उचो राख्ने योजनासहितका कार्यक्रम संचालन गर्न आग्रह गरे । यसरी बोल्नेहरूमा संरक्षक आत्माराम गैरे सल्लाहकार जगत थापा, तुल्सीराम खरेल, एनआरएनए जापानका केन्द्रीय सदस्य दिलिप कंडेल, नेपाली जनप्रगतिशील मंच जापानका सचिव गौरीशंकर गैरे, मंचका सह कोषाध्यक्ष गौरी सापकोटा, यामलाल सापकोटा निर्वाचन संयोजक सुमित खत्री लगायत रहेका थिए ।

समितिको प्रगति प्रतिवेदन सचिव तेजु खत्रीले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष बिपिन सापाकोटाले प्रस्तुत गरेको थिए । समितिका अध्यक्ष प्रकाश गैरेको अध्यक्षतामा सम्पन्न अधिवेशनमा स्वागत मन्तव्य उपाध्यक्ष कुलबिर थापाले र संचालन सचिव तेजु खत्रीले गरेका थिए ।

अधिवेशन पंचेबाजासहित उल्लासमय वातावरणमा सम्पन्न भएको थियो ।



