जापान, सिन्जो आबे र उनको हत्या

-


     हेमलाल गौतम    
     असार २५ गते २०७९


जहाँ न रात ,न दिन जतिखेर पनि बिना डर र हिचकिचाहट हिडडुल गर्न र काम गर्न सकिने देश जापान , जहाँ महिला ,बालबालिका पनि निर्धक्क एक्लै हिडडुल गर्न सक्ने देश जापान , जहाँ के स्वदेशी के बिदेशी सबैलाई समान ब्यबहार र एउटै कानून लागूहुने देश जापान , जहाँ हातहतियार र बिस्फोटक पदार्थमाथि पूर्ण प्रतिबन्ध भएको देश जापान , जहाँ श्रम र श्रमिकको सम्मान गर्ने बलियो श्रम कानून भएको देश जापान , जहाँ कसैले कसैलाई कुनै प्रकारले पनि दखल पुर्याउन नपाउने तर आफ्ना ब्यक्तिगत काम कारबाहीमा कुनै रोकतोक नहुने देश जापान जहाँ सर्वसाधारणलाई आफ्ना काममा मात्रै चासो र चिन्ता राखे पुग्ने अरूको चियो चर्चो गर्न नपर्ने देश जापान , देशका बिभिन्न बिपद र शंकटहरूमा पनि कुनै पनि मूल्य चुकाएर कर्तब्य पुरा गर्ने र जनताले राज्यको निर्देशनलाई आत्मसात गर्दै सबै निर्देशन पालना गर्ने देश जापान , कोरोना महामारीका बेलामा के स्वदेशी के बिदेशी सबैलाई बराबर ब्यबहार गरि उच्च नमूना प्रस्तुत गर्ने देश जापान ,

जापानको लोकप्रिय नेता
जापानी जनता र बिश्व समुदायको मन मुटुमा पनि बस्न सफल नेता हुन सिन्जो आबे ।उनले पटक पटक गरेर ८ बर्ष ८ महिना सरकार प्रमुख भएर देशको सेवा गरे ,आफ्नो शारिरिक अबस्था कमजोर भयो भनेर स्वयंले नेतृत्व हस्तान्तरण गरे , निरन्तर राजनीतिक कर्ममै समर्पित बनिरहे र अन्तिम सम्म पनि चुनावी कार्यक्रममा हौसला प्रदान गर्न एक कार्यक्रममा सम्बोधन गर्दै गरेको बेला अचानक गोली प्रहारबाट घाईते बने । त्यसपश्चात उपचारकै क्रममा त्यही आततायी आक्रमणका कारण ६७ बर्षको उमेरमै २०२२ जुलाई ८ मा उनको मृत्यु भयो ।

यस्तो प्रकारको घटनाले सबैलाई स्तभ्ध बनायो । उनको मृत्युमा देश र बिश्वले नै दु:ख ब्यक्त गर्यो । यस्तो निन्दनिय घटनाको बिश्वले नै भ्रत्सर्ना गरेको छ । यस्तो घटनाको जति निन्दा गरेपनि कमै हुन्छ ।

यस्तो घटना के कति कारणले घटाईयो । घटनाको सत्य तथ्य पत्तालगाई दोषीलाई हदै सम्मको सजाय दिन जापान सरकार नचुकोस् । यसका साथै आज जापानमा अबस्थीत देश बिदेशका सबै नागरिकको सुरक्षा प्रति बढेको चिन्ता प्रति जापान सरकार थप जिम्मेवार बन्नै पर्ने हुन्छ । यस्तो अबस्थामा सबै नागरिकहरूले पनि सरकारलाई साथ र सहयोग गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?