
Japan's Prime Minister Fumio Kishida, speaks to media at the Prime Minister's official residence Friday, July 8, 2022, in Tokyo. Japan's former Prime Minister Shinzo Abe was shot during a campaign speech Friday in western Japan and was airlifted to a nearby hospital but he was not breathing and his heart had stopped, officials said. (AP Photo/Eugene Hoshiko)
प्रधानमन्त्री फुमियो किशिदाले पश्चिमी सहर नारामा पूर्व प्रधानमन्त्री शिन्जो आबेमाथि शुक्रबार बिहान पश्चिमी जापानको सडकमा स्टम्प भाषण दिने क्रममा अज्ञात बन्दुकधारीले गरेको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् ।
जापानी जनता र विश्व नेताहरूले हत्याको प्रयासमा शोक व्यक्त गर्दै जापानमा भएको एक अत्यन्त दुर्लभ आक्रमण जसको राजनीतिक दलहरूले निन्दा गरेका छन ।
जनतालाइ आफ़्नो भावनालाई नियन्त्रणमा राख्न आग्रह गर्दै किशिदाले ६७ वर्षीय आबे गम्भीर अवस्थामा रहेको बताए । आइतवारको माथिल्लो सदन चुनावको प्रचारका क्रममा उनीमाथि भएको आक्रमणलाई जापानको लोकतन्त्रका लागि अस्वीकार्य आक्रमण भएको समेत बताए।
किशिदाले पत्रकारहरूलाई भने, “उहाँलाई पुनर्जीवित गर्न सबै गर्न सकिन्छ। म मेरो हृदयको गहिराइबाट प्रार्थना गर्दैछु कि उहाँको जीवन बाचोस,” किशिदाले भने।
एशिया प्रशान्त क्षेत्रका नेताहरूले शुक्रबार पूर्व जापानी प्रधानमन्त्री शिन्जो आबेमाथि भएको सशस्त्र आक्रमणप्रति प्रतिक्रिया व्यक्त गर्दै निन्दा र दुःख व्यक्त गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

आबेले “ताइवान-जापान सम्बन्धको विकास गर्न कुनै कसर बाँकी राखेका छैनन्,” ताइवानका राष्ट्रपति साइ इङ्ग-वेनले फेसबुकमा आक्रमणको निन्दा गर्दै लेखे, “उनी मेरो लागि एकदमै असल साथी मात्र होइन, ताइवानका लागि इमानदार साथी पनि हुन्। ।”
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले ट्वीटरमा भनेका छन्, “जापानबाट पूर्व प्रधानमन्त्री शिन्जो आबेलाई गोली प्रहारको खबरले स्तब्ध भएको छ यस्तो बेलामा हामी उनको परिवार र जापानका जनतासँग छौ।”
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा लेखेका छन्, “मेरो प्रिय मित्र आबे शिन्जोमाथि भएको आक्रमणबाट गहिरो दुःख लागेको छ। हाम्रो विचार र प्रार्थना उहाँ, उहाँको परिवार र जापानका जनतासँग छ।”
दक्षिण कोरियाली विदेश मन्त्री पार्क जिनले आफ्ना जापानी समकक्षी योशिमासा हयाशीलाई सान्त्वना पत्र पठाएको दक्षिण कोरियाली विदेश मन्त्रालयका अधिकारीले बताए।



