मदिरा चोर्ने तीन प्रहरी निलम्बित

-


     जनहित न्युज    
     जेठ १७ गते २०७८


विराटनगर । निषेधाज्ञा पालना गराउन गएको बेला होटलबाट मदिरा चोरी गरेको भिडियो भाइरल बनेपछि सिरहामा तीन प्रहरी निलम्बनमा परेका छन् ।

इलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी सहायक निरीक्षक (असइ) नवलकिशोर ठाकुर, प्रहरी जवान अन्नुकुमार राय र नरेशकुमार रायलाई निलम्बन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी शालीग्राम शर्माका अनुसार निषेधाज्ञा कार्यान्वयनका क्रममा पसल र होटल बन्द गराउँदै गएको प्रहरी टोलीमाथि मदिरा चोरी गरेको आरोप लागेको छ । जेठ ९ गते लहानको गढीया चोक आसपासमा रहेका होटल खुला राखेर मदिराको किनबेच भइरहेको सूचनापछि प्रहरी पुग्दा होटल सञ्चालकहरु भागेका थिए ।

सञ्चालक भागेर होटल नै खाली भएको अवस्थामा प्रहरीले होटलबाट मदिरा लिएर गएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि तीन प्रहरी कारबाहीमा परेका हुन् । प्रहरीको आचोचना र सिङ्गो सङ्गठनको बद्नाम भएपछि गलत गर्ने प्रहरीमाथि कारबाही अघि बढाउन निलम्बन गरेर आवश्यक छानबिन थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?