चौथो रनिङ्ग कप पुरूष भलिबल प्रतियोगिताको च्याम्पियन बन्यो घुम्टे युवा परिवार जापान

-


     दिनेश थापा    
     मंसिर १३ गते २०८०


नेपाल भलिबल संघ जापान शाखाद्वारा आयोजित ‘चौथो रनिङ्ग कप पुरूष भलिबल प्रतियोगिता’ को च्याम्पियन घुम्टे युवा परिवार बनेको छ।
जापानको तोडा स्पोर्ट्स सेण्टरमा मंगलबार सम्पन्न भएको उपाधि प्रतिस्पर्धामा प्रतियोगितामा गल्कोट स्पोर्टस क्लवलाई २-० को सोझो सेटमा पराजित गर्दै घुम्टे युवा परिवार जापान च्याम्पियन बन्न सफल भएको हो ।
उपाधिसँगै नगद ३ लाख १० हजार येन, शिल्ड, मेडल र प्रमाणपत्र हात पार्दा उपबिजेता बनेको गल्कोट स्पोर्टस क्लवले २ लाख १० हजार येन नगदमा प्राप्त गर्न सफल भएको खेलकूद संयोजक भिक्टर ठाडा मगरले जानकारी दिए।
यसै गरि प्रतियोगितामा NYSC जापान र गल्कोट समाज जापानले सान्त्वना स्थान प्राप्त गर्दै समान नगद ५०–५० हजार प्राप्त गरेका छन् गलकोट समाज जापानलाई घुम्टे युवा परिवार जापानले पछि पार्दै र NYSC जापानलाई गल्कोट स्पोर्ट्स क्लव टोकियोलाई पछि पार्दै विजेता र उपविजेता टिम अगाडिको यात्रा तय गरेका थिए।

प्रतियोगितामा खेलाडीको हौसला स्वरुप उत्कृट ६ विधामा विजेता र उपविजेता टिमबाट विधागत पुरस्कार समेत राखिएको थियो जसमा घुम्टे युवा परिवार जापानका मिलन छन्त्याल उत्कृष्ट सेटर, घुम्टे युवा परिवार जापानका मनोज केसी उत्कृष्ट डिफेन्डर, गल्कोट स्पोर्टस क्लव टोकियोका सुमन मगर उत्कृष्ट स्पाइकर, उत्कृष्ट व्लकरको उपाधि गल्कोट स्पोर्टस क्लवका केशव केसी, उत्कृष्ट कोचको उपाधि घुम्टे युवा परिवार जापानका टिम कोच प्रकाश केसीले प्राप्त गर्दै उत्कृष्ट खेलाडीको उपाधि भने घुम्टे युवा परिवार जापानका कमल क्षेत्रीले किउपाधि चुम्न सफल रहेको संस्थाका संरक्षक तथा मुख्य रेफ्रीको भुमिकामा रहनु भएका नविन गुरुङले बताए।
नेपाल भलिबल संघ जापान शाखाद्वारा आयोजित यस चौथो रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा आर्थिक सहयोग गर्ने सहयोग दाता र खेल अवधि भरि खेल संचालन गर्नका सहयोग गर्ने प्रवाधिकलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।
शुभकामना मन्तव्यको क्रममा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष तथा प्रमुख अतिथि समेत रहनु भएका रोविन शेरचन ज्यूले संघले जापानमा रहेका खेलाडी, खेलकुदप्रेमी दर्शक र विभिन्न संध संथा बिचमा समन्वय, साझेदारी एवम् सरकार्यको वातावरण सिर्जना गरि रचनात्मक समाज निर्माण गर्नमा पनि संघ लाग्नु पर्ने बताए ।

जापानमा रहेका नेपाली खेलाडीलाई क्रियाशील बनाई राख्न र खेलकुदको विकासमा योगदान गर्ने उदेश्यले “राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल” भन्ने मुख्य श्लोगन सहित सन् २०१७ मा स्थापना भएको यस संस्थाले चौथो रनिङ गर्न पाउदा खुसी व्यक्त गर्दै नेपालको राष्ट्रिय खेलको रुपमा रहेको भलिबल खेलते लोकप्रियता नेपालमा दिन प्रतिदिन बढ्दो क्रममा रहेको र जापानमा पनि यसको उचाईलाई थप माथि लैजान प्रतियोगिता आयोजना गरिएको अध्यक्ष बुद्ध बस्नेतले बताए।
कार्यक्रममा उद्घघाटन खेल नेपालबाट निजी भ्रमणमा जापानमा रहेका शहिद थिरबम मल्ल मेमोरियल फाउण्डेशनका अध्यक्ष तथा पूर्व व्याडमिन्टन खेलाडी समेत रहनु भएका मन्जेश बम मल्लद्वारा पहिलो सर्भिस गरेर गरिएको थियो भने फाईनल खेलमा भने प्रमुख अतिथि जर कार्यक्रमका सभापतिद्वारा संयुक्त रुपमा भलिबललाई मुख्य रेफ्री र सहायक रेफ्रीलाई हस्तान्तरण गरेर खेल संचालन गरिएको थियो।
त्यसै गरि उपस्थित अतिथिबाट दुबै टिमका खेलाडिलाई परिचय पछाडि खादा लगाई अग्रिम बधाई तथा शुभकामना व्यक्त गरेका थिए। विभिन्न संघ संस्थाको उपस्थिति रहेको प्रतियोगिताको औपचारिक कार्यक्रम संघका अध्यक्ष बुद्ध बस्नेतको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको औपचारिक कार्यक्रमको सञ्चालन सह-कोषाध्यक्ष दिनेश थापा गरेको महासचिव प्रकाश चन्द्र जोशीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?