जापानले सबै देशका आगन्तुकहरूलाई नोभेम्बर ३० को रातीदेखि आगमनमा प्रतिबन्ध

-


     जनहित न्युज    
     मंसिर १३ गते २०७८


A police officer stands in the arrivals hall of Haneda airport in Tokyo on November 8, 2021, as Japan eases border rules to allow business visitors amid the Covid-19 pandemic. (Photo by Charly TRIBALLEAU / AFP)

नयाँ कोरोनाको नयाँ म्युटेन्ट भाइरस ‘ओमिक्रोन स्ट्रेन’ को विश्वव्यापी विस्तारपछि प्रधानमन्त्री फुमियो किशिदाले सबै देशका लागि तत्काल जापानको नयाँ प्रवेशलाई सैद्धान्तिक रूपमा स्थगित गर्ने घोषणा गरेका छन् ।
विश्वभरबाट विदेशीको नयाँ प्रवेशलाई मंगलबार राती १२ बजेदेखि सैद्धान्तिक रूपमा स्थगित गर्नका लागिएको प्रधानमन्त्री फुमीयो किशिदाले पत्रकारसँग बताएका हुन।
प्रधानमन्त्री किशिदाले भने “आकस्मिक सावधानीका उपायको रूपमा सबैभन्दा पहिले नोभेम्बर ३० तारिकको मध्यरातबाट विश्वभर विदेशीहरूलाई जापान प्रवेश गर्न प्रतिबन्ध लगाइनेछ।”
सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री किशिदाले दक्षिण अफ्रिकामा पुष्टि भएको नयाँ म्युटेन्ट भाइरसको सङ्क्रमण विश्वका सबै देश र क्षेत्रलाई लक्षित गरी नोभेम्बर ३० तारिक मध्यरातबाट जापानमा सैद्धान्तिक रूपमा व्यापारिक उद्देश्यका लागि विदेशीहरूको नयाँ प्रवेश निलम्बन गर्ने नीति सार्वजनिक गरेको बताएका छन ।
ओमिक्रोन भेरियन्टको बिश्वव्यापी विस्तारपछि, प्रधानमन्त्री किशिदाले सीमा नियन्त्रणको उपायलाई सुदृढ गर्न र संक्रमणलाई नियन्त्रणमा राखिराख्नको लागि सबै देशहरूका आगन्तुक, अल्पकालीन बासिन्दा, अन्तर्राष्ट्रिय विद्यार्थीहरू, र प्राविधिक प्रशिक्षार्थीहरू तत्काल सैद्धान्तिक रुपमा प्रवेश स्थगित गरिने घोषणा गरिएको बताईएको छ । विस्तृतसमाचार अपडेट गर्दै जाने छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?