जापानमा चर्को शुल्क तिरेर सिम चलाउनु भएको छ? अब चर्को शुल्क तिर्नु नपर्ने भएको छ । मासिक रूपमा करसहित २९० येनमा १ जिबी डाटासहित सस्तो सिम चलाउन पाइने जापान कम्युनिकेसन इनकर्पोरेटको MVNO को “रिजनेबल स्यामपल २९०” योजना अन्तरगत सस्तो सिम सेवा प्रदान गर्ने भएको छ ।
जापान कम्युनिकेसन इनकर्पोरेटले जनवरी २७ तारिकबाट “रिजनेबल स्यामपल २९०” योजना अन्तरगत एनटीटी दोकोमोको नेटवर्कमा ग्राहकहरूले २९० येनमा मासिक १ जिबी डाटासहित उक्त सस्तो सिम प्रयोग गर्न अनुमति दिइएको जनाईएको छ ।
कम्पनीका अनुसार यो योजना अन्तरगत सो सिम प्रयोग गर्दा ग्राहकलाई भ्वाइस कलहरू गर्न कल चार्ज प्रति ३० सेकेण्डको ११ येनको भुक्तानी गर्दै जाने प्रणाली रहेको र यो कल चार्ज प्रमुख क्यारियरमा अन्य सस्तो सिमहरू भन्दा आधा कम रहने छ।
यदि २९० को सस्तो सिम योजनाको आधारभूत मासिक १ जिबीभन्दा बढी डाटा सेवा लिनका लागि प्रत्येक थप १ जिबी डाटाको लागि २२० येन अतिरिक्त शुल्क लाग्नेछ। जस्तै ३ जिबी डाटाका लागि प्रति महिना ७३० येन र ५ जिबीका लागि ११९० येन लाग्ने बताईएको छ।
अत्यधिक डाटा प्रयोग गर्नेका लागि “माथिल्लो सीमा सेटिङ प्रकार्य” को व्यवस्था पनि यो योजनामा गरिएको छ । जसअन्तर्गत १ जिबीदेखि १०० जिबीसम्मको डाटा उच्च-गतिको इण्टरनेटको सेवा पनि लिन सकिने छ ।
माथिल्लो सीमा १ जिबीबाट १०० जिबीमा परिवर्तन गर्न सकिने र मासिक लागत कम राख्न चाहने प्रयोगकर्ताहरूको लागि मात्र नभइ उच्च क्षमता उच्च-गति संचार गर्न चाहने प्रयोगकर्ताहरूका लागि पनि यो योजना प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ ।
यो सस्तों सिममा प्रति महिना ७०० येनमा प्रति महिना ७० मिनेटसम्म घरेलु कल अर्थात् जापानभित्र फ्लाट दरको लागि एक विकल्प प्रदान गरिने र प्रतिमहिना १६०० येन भुक्तानी गरेमा असीमित कलको सेवा समेत प्रदान गरिएको छ । यसबाट धेरै कल गर्ने प्रयोगकर्ताहरूका लागि राम्रो अवसर हुने बताईएको छ ।