जापानमा ५० प्रतिशत भन्दा बढिले १० वर्षमा सार्वजनिक सुरक्षा बिग्रिएको महसुस गरे: सर्वेक्षण

-


     जनहित न्युज    
     वैशाख १२ गते २०७९


अनलाइन जालसाजी र साइबर अपराधका कारण विगत १० वर्षमा जापानमा सार्वजनिक सुरक्षा खस्किदै गएकोले चिन्ताको विषय बनेको एक सर्वेक्षणले देखाएको छ ।
मार्चमा जारी गरिएको एक सरकारी सर्वेक्षणको नतिजा अनुसार ५० प्रतिशत भन्दा बढी उत्तरदाताहरूले विगत १० वर्षको पछिल्ला अवधिमा अनलाइन व्यापारमार्फतको जालसाजी र साइबर अपराध मार्फत हैरानी खेप्नुपरेको बताएपछि जापानको सार्वजनिक सुरक्षामा चुनौती देखिएको हो ।
सर्वेक्षणमा सहभागीहरूले सबैभन्दा सजग रहेको अपराधका प्रकारहरू मध्य कोभिड-१९ को फैलावट र सेवाहरूको बढ्दो डिजिटलाइजेशनको कारण ५२.६ प्रतिशतले “ठगी र व्यापार घोटालाहरू” व्याहोर्नु परेको र “फिसिङ स्क्यामहरू सहित साइबर अपराधहरू र अनाधिकृत अनलाइन पहुँचमा ५२.२ प्रतिशतले समस्या रहेको औंल्याएको सो नतिजामा उल्लेख गरिएको छ ।

उत्तरदाताहरूले आफू वा आफू नजिकका व्यक्तिहरू कुन र के माध्यममार्फत अपराधको सिकार हुन सक्छन् भन्ने बहु-उत्तरमा सोधिएको प्रश्नमा, “अनलाइन स्पेसहरू” मार्फत ५३.९ प्रतिशतले शीर्ष स्थानमा राखेका, त्यसपछि “सडकहरूमा” ५०.७ प्रतिशत र “डाउनटाउन क्षेत्रहरू” मा ४७.९ प्रतिशत हुने गरेको देखाइको छ ।
सर्वेक्षणमा सहभागी ८५ दशमलव १ प्रतिशत उत्तरदाताहरूले उनीहरूलाई जापान बस्नको लागि सुरक्षित र शान्त ठाउँ भएको महसुस गरेको बताएका छन भने १० दशमलव १ प्रतिशत उत्तरदाताले विगत दशकमा सार्वजनिक सुरक्षा “चुनौतीपूर्ण रूपमा बिग्रिएको” र ४३.५ प्रतिशतले यो “अलि बिग्रिएको” महशुस गरेको क्याबिनेट कार्यालयको सर्वेक्षणले देखाएको छ ।
फरक प्रश्नमा उत्तरदाताहरू विशेष गरी साइबर अपराधहरू जस्तै अनाधिकृत अनलाइन पहुँच र फिसिङ घोटालाका अपराधहरूमा जापानी प्रहरीमार्फत अपराध गरेकाहरूलाई स्पष्ट कारबाही गराउन चाहेको ४१.३ प्रतिशत रहेको उल्लेख गरिएको छ ।
सन् २०२१ को डिसेम्बर र जनवरी २०२२ को बीचमा गरिएको मेल सर्वेक्षणमा १८ वर्ष वा सोभन्दा माथिका जापानी नागरिकता भएकाहरूलाई लक्षित गरेको थियो। जहाँ १,७९० व्यक्तिबाट प्रतिक्रिया प्राप्त गरेको थियो।

ग्यालपका अनुसार जापान २०२० को सर्वेक्षणमा आठौं स्थानमा रहेको छ जसले ११५ देश र क्षेत्रहरूमा स्थानीय कानून प्रवर्तनमा मानिसहरूको सुरक्षा र विश्वासको सर्वेक्षण गरेको थियो।
प्लेसमेन्टले जापानलाई क्यानडा, दक्षिण कोरिया र इन्डोनेसियाजस्ता देशहरूसँग बराबरीमा राखेको नर्वे शीर्ष स्थानमा छ चीन र ताइवान क्रमशः दोस्रो र चौथो स्थानमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?