जापानको नागोयामा रहेको तोकाई वाटिका ईन्टरनेशनलन स्कूलमा सरस्वती पूजाको अवशरमा निशुल्क भर्ना

-


     जनहित न्युज    
     माघ १० गते २०८१


जापानको नागोया शहरमामा रहेको तोकाई वाटिका ईन्टरनेशनलन स्कूलमा सरस्वती पूजाको अवशरमा निशुल्क भर्ना गर्न सकिने बताईएको छ। तोकाई वाटिका ईन्टरनेशनल स्कूलका प्रिन्सिपल यादवकुमार भुजेलका अनुसार सरस्वती पूजाकै दिन देखि बच्चाहरु लाई अक्षरारम्भ गरिने हुँदा तोकाई वाटिका ईन्टरनेशनल स्कूलमा पनि उक्त दिन विषेश कार्यक्रम गरि विद्यार्थीहरुलाई अक्षरारम्भ र निशुल्क भर्ना गरिने बताए। सरस्वती पूजा पछि पनि भर्ना फि मा ५० प्रतिशत छुटको व्यवस्था गरिएको यादवको भनाई छ ।

त्यस्तै स्कूलमा पढाउनको लागि अभिभावकहरुलाई बिभिन्न सुविधाहरु प्रदान गरिएको बताईएको छ। एक भन्दा बढि विद्यार्थी पढाउने अभिभावकहरुलाई एवं जेहन्दार विद्यार्थीलाई विभिन्न छुटको व्यवस्था गरिएको स्कूलका सञ्चालक सुरज काफ्लेले बताए। आफ्नो छोराछोरीको उज्ववल भविश्यका लागी जापानमा विभिन्न पेशामा रहेका नेपालीहरुका आफ्ना नानीबाबुलाई स्कूल ल्याउन काफ्लेले समस्त नेपाली समुदायलाई अनुरोध गरेका छन्।

यस अघि नेपालीहरुको धेरै बसोवास रहेको नागोयामा शहरबाट उक्त स्कूल टाढा रहदाँ असुविधा भएको गुनासो आएपछि सुविधा सम्पन्न एवं नागोया शहरको मध्ये क्षेत्रमा स्कूल सारेर सञ्चालन गरिएको स्कूलका अर्का सञ्चालक बिमल अधिकारीले बताए। हाल सञ्चालनमा रहेको उक्त स्कूल 2-chōme-2-1 Himeikedōri, Chikusa Ward, Nagoya, Aichi 464-0055 अवस्थित छ। उक्त स्कूल ट्रेनको Subway हिगासियामा लाईनको Kakuozan Station १ नम्बर गेटबाट बाट हिंडेर करिब ५ मिनेट र Subway मेजोसेन लाईनको Motoyama Station १ नम्बर गेटबाट बाट हिंडेर ७ मिनेटमा पुग्न सकिने बताईएको छ। स्कूलका अर्का र्निदेशक सुरेशचन्द्र उपाध्यायका अनुसार हामी सक्ने सम्म छुटमा हरेक नेपालीका बाबुनानीहरु लाई नेपाली सहित अंग्रेजी र जापनिज भाषामा यस स्कूलमा पढ्न सकुन भन्ने चाहान्छौं , त्यसैले स्कूल टाढा भएको गुनासो धेरैको आएपछि स्कूल नजिकै ट्रेनको व्यवस्था भएको ठाउँमा स्कूल सारिएको हो।

हाल स्कूल किंडरगार्डन देखी कक्षा ८ सम्म संञ्चालन गरिएको उक्त स्कूल प्रत्येक वर्ष कक्षा थप गर्दै १२ कक्षा सम्म संचालन गर्ने लक्ष्य रहेको स्कूलका मुख्य र्निदेशक डा सुदिय अधिकारीले बताए। अध्ययन पश्चात जापान तथा बाहिरको विश्व विद्यालयहरुमा अध्ययनको लागि चाहीने सम्पूर्ण उच्च गुणस्तरिय शिक्षा उपलब्ध हुने डा अधिकारीको धारणा छ। विदेशमै जन्मेका बालबालिकाहरु लाई त नेपाली रहनसहन बारे त्यति धैरै अवगत हुने कुरा भएन । त्यसमाथि नेपालमै जन्मिएर पछि आफ्ना अभिभावकहरु सँगै विदेश गएका बच्चाहरुमा पनि यस्ता समस्या देखिएकै छ । जसको एउटै कारण हो, शिक्षा । अझ भनौँ, नेपाली सँस्कार र पाठ्यक्रम अनुसारको शिक्षा ।आफ्ना सन्तानलाई चाहेको शिक्षा दिन सक्ने हो भने आफू अनुकूल बनाउन सहज पक्कै बनाउँछ ।यी सबै कुरामा सहमत भएर नै आफु सहितको संयुक्त टिमले नेपालीकै लगानीमा विद्यालय स्थापना गरिएको डा अधिकारी बताँउछन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?