टेस्ला गाडीका प्रमुख कार्यकारी अधिकारी(सिइओ) इलन मस्कले २३० बिलियन डलर बराबरको सम्पत्ति जोड्दै उनि बिश्वकै अर्बपतिको सूचीमा परेका छन । टेस्ला तथा स्पेसएक्स दुवैका प्रमुख कार्यकारी अधिकारी मस्क बिश्वकै धनाढ्य व्यक्ति भएका छन् ।
बिश्व कै पूर्व धनाड्य बिल गेट्स तथा वारेन बफेट जतिको सम्पत्ति उनिसंग छ ।
बिश्व प्रख्यात टेस्ला र स्पेसएक्स सीईओ (प्रमुख कार्यकारी अधिकारी )वर्तमानमा मात्र संसारका सबैभन्दा धनी व्यक्ति होइनन्, तर अब उनी अर्बपति बिल गेट्स र वारेन बफेट जत्तिकै लायक भएका छन्।
ब्लूमबर्ग बिलेनिययर(अर्बपति ) सूचकांकका अनुसार ५० वर्षीय उनको सम्पत्ति गत शुक्रबार बिहानसम्म २३० बिलियन डलर भएको छ । गेट्स १३० बिलियन (अर्ब )डलरको साथमा चौथो स्थानमा छन् र बफेट १०२ बिलियन डलरको साथ १० औं स्थानमा छन्।
दुबै गेट्स र बफेट पहिले बिश्वकै सबैभन्दा धनी व्यक्ति भएका थिए । मस्कले पहिलो पटक एमाजोनका प्रमुख जेफ बेजोसलाई पछि पारेर गत जनवरीमा बिलियन डलरको कूल आम्दानीको साथ विश्वको सबैभन्दा धनी बन्न पुगेका थिए । बेजोससंग २०१७ बाट उपाधि जितेका थिए।
मस्कले यस वर्ष आफ्नो सम्पत्तिमा ६० बिलियन भन्दा बढी थपेका छन् । टेस्लाको पूँजीको बलियो प्रदर्शनको साथ साथै स्पेसएक्समा हालै शेयर(अंश)को बिक्रीकारण प्रतिष्ठानको मूल्य १०० बिलियन (अर्ब)भएको छ ।
ब्लकबर्गका अनुसार स्पेसएक्स सम्झौताले मस्कको कुल मूल्यमा ११ अर्ब डलर थप्यो। साथै ब्लुमबर्गका अनुसार स्पेसएक्सको लेनदेनबाट ११ बिलियन डलर उनको कूल सम्पत्तिमा जोडिएको जनाएको सिएनबिसीले समाचारमा उल्लेख गरेको छ ।
तस्बिर :एनबिसीन्यूज