जापानका विभिन्न क्षेत्रमा शुक्रबार र शनिबार बाक्लो हिमपात र चिसो हावा चल्ने, सतर्कता अपनाउन आग्रह

-


     जनहित न्युज    
     पौष १ गते २०७८


उत्तरी जापानदेखि पश्चिम जापान तर्फ चल्ने चिसो हावाको बलियो चापका कारण डिसेम्बर १७ तारिखदेखि १८ तारिकसम्म मुख्यतया समुन्द्री क्षेत्रमा भारी हिमपात हुन सक्ने मौसम विज्ञान एजेन्सीले जनाएको छ ।
एजेन्सीका अनुसार शुक्रवारदेखि शनिवारसम्म यस सिजनकै सबैभन्दा चिसो हावा आकाशतर्फ गई र चिसोको चापको वितरण सुदृढ भै होक्काइडोबाट धेरै शक्तिशाली हावा चल्ने र चुगोकु क्षेत्रका समुन्द्र किनारमा भारी हिमपातको जोखिम रहेको उल्लेख गरेको छ ।
हिमपातको कारण ट्राफिकमा प्रभाव पर्नुका साथै आँधीबेहरी र उच्च छालहरू आउन सक्ने भएकोले सतर्क रहन आग्रह गरिएको छ ।यस वर्षको हिउदमा हुने यो पहिलो पटकको हिमपात रहेकोले यसको प्रभावबाट र सवारीका साधनहरू संचालनमा बाधा पुग्न जाने र चिसो निकै बढ़न सक्ने हुदा भारी हिमपात हुने सम्भावना भएका क्षेत्रमा अनावश्यक रुपमा बाहिर ननिस्कन पनि आग्रह गरिएको छ ।

शुक्रवार साँझसम्मको २४ घण्टामा परेको हिउँको मात्रा होक्काईदोमा ४० सेण्टीमिटर, तोहोकु र तोकाइमा १५ सेण्टीमिटर, किन्की र चुगोकु क्षेत्रहरूमा १० सेण्टीमिटर जति बाक्लो हिमपात पर्नसक्ने अनुमान गरिएको छ ।
त्यस्तै त्यसपछि शनिबार साँझदेखि २४ घण्टामा कान्तो कोशिन र निगाता प्रान्तमा ६० सेमीदेखि ८० सेमीसम्म, तोकाई र होकरिकुमा ५० सेमीदेखि ७० सेमीसम्म, तोकाई क्षेत्रमा ४० सेमीदेखि ६० सेमिसम्म बाक्लो हिमपात हुने अनुमान गरिएको छ । त्यसैगरि होक्काइडो किन्की र चुगोकु क्षेत्रमा ३० सेमिदेखि ५० सेमी र शिकोकु र यामागुची प्रान्तहरूमा १० सेमिदेखि २० सेमिसम्म बाक्लो हिमपात पर्ने अनुमान गरिएको छ ।
जापानको समुन्द्र किनारका समतल भूभागमा यस वर्षको हिउँदमा पहिलो पटक पूर्ण रूपमा हिमपात हुने छन् र प्रशान्त क्षेत्रका शिकोकु जस्ता पहाडहरूमा भारी हिमपातको जोखिमलाई मौसम विज्ञान एजेन्सीले औल्याएको छ ।

शुक्रवार हिमपातको साथसाथमा विभिन्न ठाउँमा हावा गति अधिकतम रूपमा तीव्र हुँदै जाने पनि बताईएको छ ।
जस अन्तर्गत किन्कीमा २५ मिटर,कान्तो, कोशिनेत्सु र होकुरिकु, तोकाइ र चिन क्षेत्रमा २३ मिटर,होक्काइडो २० मिटर, तोहोकु र क्युसुमा २० मिटरसम्मको अधिकतम हावाको गति र औसतमा ३० देखि ३५ मिटरसम्म हावाको वेग पुग्ने अनुमान गरिएको छ । हावाको वेभ शुक्रवार र शनिबार तिव्र हुने भएकोले विभिन्न क्षेत्रमा चोटपटकको सम्भाव्यत्ता रहेको बताईएको छ ।
एजेन्सीले आँधी र उच्च छालहरूका साथै हिमपातको कारणले हुने ट्राफिक प्रभावहरूका विरुद्ध सावधानी अपनाउन आह्वान गरेको छ।भारी हिमपातका कारण कार चिप्लिने र हिउले ढ़ाकिदा दृष्यमा समस्या आउने हुनाले सजकता अपनाउन पनि भनिएको छ ।

जाड़ोंबाट जोगिन बाक्लो लुगा, पिउने पानी खाने कुराको आवश्यक व्यवस्थापन गर्न र पार्किंङ गरेका गाड़ीलाई मजबुद रूपमा राख्न समेत भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?