जापानको ओकुबोमा खुल्दै “बुकी” रेष्टुरेन्ट

-


     जनहित न्युज    
     माघ २ गते २०८१


सुर्योदयको देश, नेपालीहरुका लागि एउटा सपनाको देश हो जापान। जापानको राजधानी टोकियो र नेपाली समुदायको बाक्लो चहलपहल साथै नेपालीहरुको भेटघाटको सबैभन्दा लोकप्रिय स्थान ओकुबोमा “बुकी” नामक टिपिकल नेपाली रेष्टुरेन्टले यहि जनवरी-१७, २०२५ बाट आफ्नो औपचारिक सेवाको सुभारम्भ गर्न लागेको छ।

ओकुबो र सिनओकुबो वरपर नेपालीहरुको बाक्को ओहोरदोहोर भए पछि यस क्षेत्रमा हलाल फुड र रेष्टुरेन्ट गरि झण्डै १० दर्जनको हाराहारीमा संचालनमा छन्। विशेषत नेपालीहरुको चाहानाको मध्यनजर गर्दै यस क्षेत्रमा संचालित अन्य रेष्टुरेन्ट भन्दा नयाँ व्यवस्थापन तथा स्वादमा रेष्टुरेन्ट संचालनमा ल्याउन लागेको संचालक सुरज केसी बताउछन्। हाम्रोमा आउनु हुने पाहुनाहरुव् नयाँपन का साथै मिठो, सफा, ताजा र शुद्ध तथा स्वादिष्ट नेपाली परिकारहरु साथै थकाली खाना पाइने केसीले जानकारी दिएका छन् ।

नेपालीहरुको स्वाद र चाहाना अनुसारका परिकारहरुको साथमा संघसंस्थाको भेटघाट, विभिन्न पारिवारिक पार्टीहरु, सेमिनार गोष्ठीका लागि आवश्यक साउण्ड सिस्टम लागि विशेष सुविधा रहेको संचालक केसी बताउछन् । कोदोको ढिंडोका साथमा माछाका परिकार साथै मासुजन्य परिकारको साथमा मिठो आतिथ्ताका लागि हामी पुर्ण रुपमा तयार रहेको र जापानमा रहेका नेपालीहरू सहित अन्य विदेशी र जापानीहरूलाई समेत नेपाली खानाको विशुद्ध स्वाद दिनका लागि व्यवसाय संचालनमा ल्याएको उनी बताउछन्। नेपाली मौलिकता र पर्यटकिय स्थलहरुको आर्टबाट निकै सुन्दर डिजाईनमा रेष्टुरेन्ट तयार पारिएको छ।

तपाईले व्यवसाय संचालन गर्न लागेको क्षेत्रमा थुप्रै नेपाली रेष्टुरेन्ट संचालनमा छन् तपाईले यस क्षेत्रलाई किन रोज्नु भयो चुनौति पनि थुप्रै होलान भन्ने प्रश्नमा मुस्कुराउदै केसी भन्छन् मसग जापानमा विगत लामो समय देखि नेपाली खानाको अनुभव छ र नेपाली समुदायको चाहानलाई पनि केहि समय देखि अध्ययन र अनुसन्धान गर्दै गर्दा हामी केहि नया गर्ने जमर्कोमा छौ हामी ढुक्क छौ त्यति मात्र होईन हामी नेपालको सबै भुगोलमा पाईने नेपाली परिकारलाई एउटै छाना भित्र पस्किने जमर्कोमा जुटेका छौ।

“बुकी” नाम नै किन भन्ने प्रश्नमा केसी बताउछन् बुकी नाम आफैमा कति सुन्दर र नौलो छ त्यसो त यो एउटा फुलको प्रजातिको नाम हो बुकी फूल भन्नाले हिमाली क्षेत्रमा बर्सातको समयमा फुल्ने फूललाई जनाउँछ यो फुल हिमाली भेगमा पाईन्छ विशेषगरि बागलुङ जिल्लाको ढोरपाटन क्षेत्रमा बढि पाईन्छ। आफु पनि ढोरपाटन पुग्दा बुकी फुलबाट उत्तरगंगा देखी ढोरपाटन लगायत सबै क्षेत्र निकै सुन्दर लागेको र बुकी नाम राख्दै गर्दा देशका लागि पनि आन्तरिक तथा बाहिरी पर्यटक भित्राएर देशको पर्यटकिय क्षेत्रको विकासमा टेवा पुगोस भन्ने उदेश्य पनि रहेको केसी बताउछन्।

JR ओकुबो स्टेसनबाट पैदल १ मिनेटमा नै पुग्ने गरि एकैपटकमा ५० जना भन्दा बढी ग्राहकलाई एकै समयमा सेवा दिन सक्ने क्षमता रेष्टुरेन्टको छ । ओकुबो क्षेत्रमा सञ्चालनमा रहेका अन्य नेपाली रेष्टुरेन्टको तुलनामा यो रेस्टुरेन्ट सुविधा सम्पन्न रहेको सञ्चालक केसी दाबी गरेका छन् । यसका साथै क्रेडिट कार्डका साथमा अनलाईन भुक्तानीको समेत व्यवस्था गरिएको उनी बताउछन्।(विज्ञापन संग सम्बन्धित सामग्री)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?