नेपाली नयाँ वर्षमा चितवन समाज जापानको आयोजनामा सांगीतिक साँझ सम्पन्न

-


     जनहित न्युज    
     वैशाख ३ गते २०८१


नेपाली नयाँ वर्षमा चितवन समाज जापानले आयोजनामा संगीतिक साँझ सम्पन्न भएको छ। कार्यक्रम नेपाली नयाँ वर्ष बैसाख २ गते अर्थात अप्रिल १४ तारिक आईतवार टोकियोमा सम्पन्न भएको थियो।

कार्यक्रम टोकियोको 2 Chome-17-11 Hyakunincho, Shinjuku City 169-0073 स्थित रोयल गार्डेनमा सांगितिक माहोलमा सहभागीहरु झुमि रहेका थिए।

चितवन समाज जापानका उपाध्यक्ष एवं कार्यक्रम संयोजक प्रदिप खरेलले नेपाली नयाँ वर्षमा यस प्रकारको कार्यक्रम गर्न पाउँदा खुःशी लागेको बताए। अपैचारिक कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष नविन निउरे,चितवन समाज जापानका सल्लाहकार ओम गुरुङ्ग ,चितवन समाज जापानका निवर्तमान अध्यक्ष एवं संरक्षक राजन कुमार श्रेष्ठ , चितवन समाज जापानका बरिष्ठ उपाध्यक्ष टंक गैरे , प्रवासी नेपाली मञ्च जापानका अध्यक्ष कुलचन्द्र खरेल, नेकपा एमालेका केन्द्रिय सदस्य कृष्ण केसी , एनआरएनए जापानकी सचिव चन्द्रा अधिकारी, लगाएतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रम सञ्चालन समाजका महासचिव कविकिरण न्यौपानेको सञ्चालन एवं अध्यक्ष ईश्वरीप्रसाद कँडेल (सेवा) को अध्यक्षतामा सम्पन्न भएको थियो।

सांगीतिक कार्यक्रममा कलाकारहरु युवराज आचार्य , श्याम शीतल श्रेष्ठ , अमित सापकोटा , खेमराज पौडेल , सोना केसी, पार्वती आचार्य , स्मोथ बस्ताकोटी लगाएतले प्रस्तुति दिएका थिए।कार्यक्रममा चितवन समाज जापानले नयाँ वर्षको उपलक्ष्यमा प्रकाशन गरेको भित्ते पात्रो समेत बिमोचन गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?