जापानको लाहुरे बन्न छाडेर बाख्रापालन, सुरूमा कसैले ऋण पत्याएनन्

-


     नवीन शिशिर विक    
     पौष २७ गते २०७८


बागलुङको गलकोट नगरपालिका क्षेत्रका विभिन्न पहिचान छन् । धेरै पहिचान मध्य झट्ट सम्झने पहिचान हो‘लाहुरे’हरुको क्षेत्र । हुन पनि त्यस क्षेत्रका अधिकांश परिवारका सदस्य वैदेशिक रोजगारीमा छन् । वैदेशिक रोजगारीमा नगएको परिवारका सदस्य पाउन कठिन हुन्छ ।
वैदेशिक रोजगारीमा पनि गलकोट क्षेत्रका धेरै युवाहरु जापान छन् । जापानीज लाहुरेहरुको भिडबाट अलगै रहेर कृषी कर्मलाई आफ्नो जीवन निर्वाहको बाटो बनाएका छन, गलकोट नगरपालिका-७ टोकरीका विष्णु थापा । वैदेशिक रोजगारमा जाने लहरबाट भिन्न रहेर थापाले विगत दश बर्षदेखि टोकीमा व्यवसायिक रुपमा बाख्रा पाल्दै आएका हुन ।
उनको खोरमा हाल ४५ वटा माउ, पाठा बाख्रा छन् । सानैदेखी आफ्नो ठाउँमा उत्पादन मुलक काम गर्ने इच्छा भएको हुँदा इच्छा अनुसार कै कर्मलाई जीवन निर्वाहको अस्त्र बनाएको उनले बताए।
उच्च शिक्षा अध्ययनको लागि काठमाण्डौ गएको बेला वैदेशिक रोजगारीमा जाने योजना बनाए पनि सफलता मिलेन ’उनले भने-पहिलो प्रयास असफल भए पछि विदेश जाने विषय मनमा लिनै छोडे ।’ आफ्नै गाउँ ठाउँमा बसेर उद्यम गर्दा पनि जीवन निर्वाहको लागि कठिन नहुने थापाको भनाई छ ।
‘हाम्रो गाउँमा विदेश नभएको घरै छैन’ उनले भने-‘बाख्रा पालनलाई आधुनिकीकरण गर्दै व्यवसायलाई थप व्यवस्थित गर्ने योजना छ । आफ्नै घरमा व्यवसायक गरे बार्षिक ४/५ लाख रुपियाँ आम्दानी गर्न सकिने थापाको भनाई छ । ‘सुरुमा बाख्रा पालन गर्दा कसैले ऋण पत्याएनन’ उनले भने- ‘जापान जान्छु भन्दा जसले नि ऋण दिन्थे, तर व्यवसाय गर्न पत्याएनन ।’ विदेश नै जानुपर्ने सामाजिक परिवेशले गर्दा आफ्नो ठाउँमा काम गर्ने युवालाई प्रोत्साहन नमिलनेको उनको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?