
जापानमा कुक पेशामा कार्यरत रहेका गलकोट नगरपालिका वार्ड नम्बर ७ का ४३ वर्षीय पदमबहादुर चोखालको हृदयघातका कारण निधन भएको छ ।
विगत १४ वर्षदेखि जापानमा कार्यरत चोखाल मंगलबार आफ्नो आफ़नो नियमित कामबाट घर फर्केर श्रीमतिसंगै खाना खाएर सुतेका उनी राती मृत अवस्थामा भेटिएको पारिवारिक स्रोतले जनाएको छ ।
मृतकको शवलाई आवश्यक पोस्टमार्टमको लागि अस्पताल लगिएको र त्यहाबाट अहिले प्रहरीले नियन्त्रणमा राखिएको छ । मृत्युको प्रकृति हेर्दा हृदयघातबाट भएको हुनसक्ने परिवारले आकलन गरेको छ ।
जापानको सिनगावा नजिकै श्रीमतिसंगै बस्दै आएका चोखालको नेपालमा एक छोरी रहेकी छन ।
स्वर्गीय चोखालको मार्च ११ अर्थात् शनिबार तलको ठेगानामा अन्तिम सस्कार गरिने भएकोले निजलाई श्रद्दान्जली अर्पण गर्नका लागि उपस्थिति हुनुहुनको लागि सम्पूर्ण जापानबासी नेपाली समुदायमा परिवारजन तथा एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नविन निउरे अनुरोध गरेका छन ।




