बुर्तिबाङ बजार नजिकै ट्याक्सी दुर्घटना हुँदा चालक सहित दुई जनाको मृत्यु

-


     जनहित न्युज    
     कार्तिक २१ गते २०८०


बुर्तिबाङ बागलुङको ढोरपाटन नगरपालिका २ बुर्तिबाङ बजार नजिकै गए राती ट्याक्सी दुर्घटना हुँदा चालक सहित दुई जनाको मृत्यु भएको छ ।

बागलुङकै वडिगाड गाउँपालिकाको भिमगिठे हुँदै सोमबार राती सवा १० बजेतिर बुर्तिबाङ बजार तर्फ आइरहेको ध १ ज ९९४ नम्बरको ट्याक्सी ढोरपाटन नगरपालिका २ मलकटिबाङ भन्ने स्थानमा दुर्घटना हुँदा चालक,सावरी धनी तथा ट्याक्सी व्यवसायी संघ बुर्तिबाङका उपाध्यक्ष समेत रहेका ढोरपाटन नगरपालिका २ पाखुते बस्ने २८ वर्षीय होमबहादुर पुन र ट्याक्सीमा सवार वडिगाड गाउँपालिका ६ छिसफाँट बस्ने ३२ वर्षीय अश्विन परियारको दुर्घटनामा परि ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको हो ।

ट्याक्सी मध्यपहाडी लोकमार्ग सडक देखि करिब १०० मिटर तल वडिगाड खोलामा खसेको हो । दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार वि.क सहितको प्रहरी टोली घटना स्थलमा पुगेको थियो दुबै जनालाई उद्धार गरि बुर्तिबाङ स्वास्थ्य चौकीमा उपचारका निम्ती ल्याइएपनी दुबै जनालाई डाक्टरले मृत घोषित गरेका थिए । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?