नेपाल एयरलाइन्सको जापानको नारिता उडान रद्द

-


     जनहित न्युज    
     असार २० गते २०७८


जापानको नारितामा काठमाडौंबाट तोकिएको नियमित उडान रद्द भएको छ । नेपाल एयरलाइन्सले एक सूचना जारी गरी नारिता उडान रद्द भएको जानकारी दिएको छ । जारी महामारीका कारण उडान रद्द गर्नु परेको कम्पनीको भनाइ छ ।

कम्पनीका एक उच्च अधिकारीका अनुसार अहिले जापानको नारितामा प्रतिउडानमात्र ६० जना यात्रु लैजान पाउने प्रावधान छ ।

सोही प्रावधानका कारण नेवानिले आफ्नो सबैभन्दा लामो दूरीको गन्तब्यमा उडान गर्न नसकेको हो । जहाजको सीटमा ८० प्रतिशत भन्दा बढी यात्रु भरिएको अवस्थामा मात्र सो उडान नाफामा जान सक्छ ।

तर, ६० यात्रु बोक्न त्यो सम्भव नहुने भएको हो । सरकारले जुलाई महिना भरका लागि नारितामा हरेक शुक्रबार एक उडान गर्ने गरी तालिका दिएको थियो । अहिले सातामा कुल २३ उडान गर्ने गरि १४ गन्तब्यमा विशेष नियमित उडानको अनुमति दिइएको छ ।

यसअघि जुन २४ तारिक नेपालदेखि जापानका लागि आउने भनिएको नेपाल एयरलाइन्सले उडान तालिका परिवर्तन भएको थियो ।

जापानका विभिन्न चार प्रकारका भिषा हुनेहरुका लागि नेपालबाट जापानमा यही जुन २४ तारिख नेपाल एयरलाइन्सको उडानमार्फत यात्रा गर्न सकिने जानकारी यस अघि जानकारी गराएको थियो ।
नेपाल एयरलाइन्सले नेपाल जापान सिधा हवाई उडान स्थगीत भएको करिब २ महिनापछि काठमाडौंदेखि नारिताको लागि यात्रा गर्न ‘एईजु’ बाहक, जापानी नागरिकसँग विवाह गरेका नेपाली महिला वा पुरुष, तिनका सन्तान बालबालिका र जापानी नागरिक रहेका छन । यसबाहेक मानबीय विशेष अवस्थामा जापानमा नै उपचार गर्दै आएका, मृत्‍युका कारण अन्तिम क्रियाकर्ममा आऊनै पर्ने ब्यक्तिहरुलाई अनुमति प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?