रेकर्ड राख्न सुरु भए यता जापानमा भालुको आक्रमण उच्च

-


     जनहित न्युज    
     मंसिर १७ गते २०८०


आर्थिक वर्ष २००६ मा रेकर्ड राख्न सुरु भएपछि जापानभर भालुको आक्रमण कीर्तिमानी स्तरमा पुगेको छ । 

पर्यावरण मन्त्रालयका अनुसार आर्थिक वर्ष सुरु हुने अप्रिल महिनापछिको आठ महिनामा मुलुकभर एक सय ९३ वटा भालुको आक्रमण भएको छ र यस क्रममा दुई सय १२ जना घाइते र छ जनाको मृत्यु भएको छ । 

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०२० मा घाइते भएका एक सय ५८ जनाको कीर्तिमानी संख्यालाई यो आँकडाले नाघेको छ । उत्तरपूर्वी जापानमा ७० प्रतिशत आक्रमण भएको छ । अकितामा ७० र इवातेमा ४५ आक्रमण भएका छन् । गत नोभेम्बरमा भालुले ३० जनामाथि आक्रमण गरेको थियो ।  

भालुहरू सामान्यतया नोभेम्बरको अन्त्यदेखि डिसेम्बरसम्म शीतनिद्रामा जान्छन् । तर, मन्त्रालयका अधिकारीहरूले अझै पनि आक्रमण हुन सक्ने चेतावनी दिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?