
जापानमा नै पहिलो पटक टोकियो महानगरीय सरकारले विदेशीहरूलाई ब्यूटिसियनको रूपमा काम गर्न अनुमति दिने भएको छ ।
विदेशीहरूलाई राष्ट्रिय नियमन योजना प्रयोग गरी अक्टोबरदेखि देशको सौन्दर्य उद्योग अन्तर्गत रहेर पहिलो पटक सौन्दर्यकर्मीको रूपमा काम गर्न अनुमति दिन लागिएको टोकियोकी गभर्नर युरिको कोइकेले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइन ।
जापानको सौन्दर्य विद्यालयमा ब्यूटीशियन र स्टाइलिस्ट बन्ने सीप आर्जन गरेका विद्यार्थी भिसामा रहेका विदेशी नागरिकहरूलाई अनुभव प्राप्त गर्न पाँच वर्षसम्म फिल्डमा काम गर्न अनुमति दिइने गभर्नर कोइकेले जानकारी दिइन । “जापानको सौन्दर्य उद्योग संसारमा सबैभन्दा राम्रो छ। म उनीहरूले टोकियोमा सिकेको उन्नत प्रविधि र आतिथ्य सम्बन्धी सीपलाई विश्व भर फैलाउन भन्ने चाहन्छु,” गभर्नर युरिको कोइकेले पत्रकार सम्मेलनमा भनिन ।
आगामी अक्टोबर १ देखि आवश्यकताहरू रिक्वयरमेण्ट पूरा गर्ने विदेशी विद्यार्थीहरूले केन्द्र सरकारको राष्ट्रिय रणनीतिक विशेष क्षेत्र योजना, क्षेत्रीय आर्थिक वृद्धिलाई समर्थन गर्ने उद्देश्य अन्तर्गत अनुमति दिइएको “निर्दिष्ट गतिविधिहरूको भिसाहरूमा सैलुनहरूमा काम गर्न सक्षम हुनेछन्।
टोकियोले अगस्टमा विदेशी सौन्दर्यकर्मीहरूका लागि आवश्यक सहयोग र पर्यवेक्षण गर्नका लागि संगठनात्मक संरचना तोक्ने महानगरीय सरकारी अधिकारीहरूले बताएका छन ।
वर्किङ भिसा लिएर जापानमा काम गर्न चाहने विदेशीका लागि यो एउटा विकल्प थपिएको हो । यदि हेयर ब्युटिशियनको राष्ट्रिय परीक्षा पास भएमा र टोकियोमा जागिरको लागि प्रस्ताव गरेमा ब्युटिशियन सम्बन्धी काम गर्ने भिसा पाउन सकिने सम्भावना बढि हुनेछ। परीक्षा त्यति सजिलो छैन र जापानीहरूसँग सँगै दिनु पर्छ। तर यदि तपाईं वास्तवमै कडा अध्ययन गरेमा र काम गर्न इच्छुक भएमा टोकियोमा कपाल स्टाइलिस्टमा आफ्नो सपना साकार पार्न सक्षम हुने देखिन्छ।



