
जापानको मियागी केनको सेन्दाइ शहरमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई एकीकृत गरी उनीहरुको सहयोगमा रचनात्मक कार्य गर्दै आइरहेको ‘सेन्दाई विद्यार्थी समूह’को प्रथम अधिवेशन हुने भएको छ ।
सन २०२० देखि विद्यार्थीका समस्यालाई मध्यनजर गर्दै सबै विद्यार्थीलाई एक हुन आह्वान गरि सेन्दाई विद्यार्थी समूहले म्यासेंजर ग्रूप बनाएर सहयोग आदानप्रदान गर्दै आइरहेको सो समूहले व्यवस्थित रूपमा संगठित भै कार्य गर्नका लागि जुलाई १८ मा अधिवेशन गर्न लागिएको कार्यक्रम संयोजक गोकर्ण रूपाखेतीले जानकारी दिए ।
“कोरोनाको महामारीका कारण अन्य क्षेत्रमा जस्तै सेन्दाईमा पनि विद्यार्थीको दैनिकी अस्तब्यस्त बन्न पुग्यो, धेरै साथीहरूले काम गुमाऊनु पर्यो र दैनिक जिवन कस्टकर बन्यो, धेरै संघसंस्था र व्यक्तिलाई अनुरोध गर्दा पनि केहि सहयोग प्राप्त गर्न सकिएन” कार्यक्रम संयोजक रूपाखेतीले भने-यस्तै असहजताका बिचमा नया आएका विद्यार्थी र पुराना साथीहरूलाई संगठित रूपमा सहकार्य गर्नका लागि समूहको आवश्यकता महशुस गरि अधिवेशन गर्न लागिएको हो ।
सबैको प्रतिनिधित्व र सहभागिता हुने गरी सेन्दाई विद्यार्थी समुहको प्रथम अधिवेशन गर्ने प्रयत्न गरिएकोले उपस्थितिको लागि आयोजकले सबै विद्यार्थीलाई अनुरोध समेत गरेको छ ।
सेन्दाईमा आएका नया विद्यार्थीहरूको दैनिकी सहज बनाउन आवश्यक पर्ने बैक खाता खोल्नदेखि काम लगाउने सम्मको काममा यस समूहमा आवद्द सदस्यहरूले सहयोग गरिरहेका र एक आपसमा परिचयात्मक कार्य र अन्तरघुलनको लागि सोहि अधिवेशनको दिन नव प्रवेशी विद्यार्थीहरूलाई स्वागत कार्यक्रम समेत गरिने बताईएको छ ।



