स्व. थापाको परिवारलाई सहयोग गर्न अभियान संचालन 

-


     जनहित न्युज    
     जेठ १९ गते २०७८


गलकोट नगरपालिका वडा नम्वर ७ मल्म निवासी हाल गलकोटको हटिया बजारमा होटल ब्यवसाय संचालन गदैं आउर्नुभएका स्वर्गिय भिम बहादुर थापाको परिवारलाई सहयोग अभियान संचालन भएको छ ।

केही दिन पहिले ३८ बर्षीय थापालाई स्वास्थ्यमा समस्या श्रृजना भएपछि आरोग्य अस्पतालमा जानुभएको थियो । अस्पतालमा उहाँको स्वास्थ्य  समस्याबारे सामान्य परामर्श पछि अक्सिजन परिक्षण गर्दा कमी देखीएकोले अक्सीजन सहित तत्कालै उपचारको लागी उहाँ चरक अस्पताल पोखरा जानुभयो ।

थापालाई कोरोना संक्रमण पुष्टि भएकोले सघन कक्षामा राखेर उहाँको उपचार सुरु भयो । थापाले करिब ३ हप्ता भन्दा बढि रोगसंग संघर्ष गर्नुभयो । सामान्य परिवारका थापाको उपचारमा निकै धेरै खर्च भयो तर कोरोना संक्रमण बिरुद्धको लडाईमा उहाँ पराजित हुनुभयो ।

उहाँको उपचारमा करिब ११ लाख बढि खर्च भएको पारिवारले जनाएको छ । थापाको दुखद निधनपछि उहाँको उपचारको खर्च ब्यबस्थापन तथा सन्तानको शिक्षा दिक्षामा समेत समस्या श्रृजना भएको भन्दै अहिले सहयोग अभियान संचालन गरिएको छ ।

छोटो समय ब्यबसाय गरेपनि आर्थिक अभावका कारण उहाँको परिवारलाई हुने समस्यामा सामान्य भएपनि राहत दिने भन्दै गलकोटको हटिया बजारका स्थानीय तथा ब्यवसायीले अभियान संचालन गरि करिब ३ लाख रकम संकलन गरेको अभियान्ता तथा ब्यवसायी लेकराज खड्काले जानकारी दिनुभयो ।

आफ्नो छिमेकमा ब्यबसाय गर्ने युवाको दुखद निधनले मर्माहत बनायो, खड्काले भन्नुभयो, त्यो भन्दा बढि उहाँको परिवारमा समस्या देखीएकोले स्वतस्फुर्त रुपमा सहयोग गर्ने गरि अभियान संचालन गरिएको हो । 

हाल सम्म गलकोटको हटिया बजारका ब्यवसायी, स्थानीयबासी, बिभिन्न संघ सस्था, देश बिदेशमा रहनुभएका सहयोगी ब्यक्तीबाट करिब ३ लाख संकलन भएको र अभियानमा ७० जना भन्दा बढि ब्यक्तीहरुले सहयोग गरेको अभियानका संयोजक होम बहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अझै केही दिन अभियान संचालन गरि सहयोग रकम हस्तान्तरण गरिनेछ । सहयोग गर्न ईच्छुक महानुभावले स्थानीय ९८५७६२४४९७ मा सम्पर्क गर्न सकिने बताईएको छ । स्व. थापाको श्रीमति सहित १ छोरा र १ छारी रहेका छन् । गलकोट नमुना माध्यमिक बिद्यालयले थापाका दुबै सन्तानलाई कक्षा १२ सम्म निशुल्क रुपमा अध्यापन गराउने घोषणा गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?