राष्ट्रिय समाचार

पैसा रुखमा नफलेतापनि झाडी प्रजातिको वनस्पति नेपाली अर्गेलीमा फल्छ

महेश्वर आचार्यको यस लेख प्रथम पटक हिमालखबरमा नेपालीमा प्रकाशित भएको थियो र नेपाली टाइम्सका लागि आरिया प्रसाईंले अंग्रेजीमा अनुवाद गरेकी हुन्। तल प्रस्तुत लेख सामग्री साझेदारी सम्झौता अन्तर्गत ग्लोबल भ्वाइसेजमा पुन: प्रकाशित गरिएको सम्पादित संस्करण हो। नेपालको विशिष्ट भूगोल र जैविक विविधताका कारण नेपालमा विभिन्न नगदे बालीको उत्पादन हुने गर्दछ, तर एउटा मात्र वस्तु छ जुन वास्तविक रूपमा नगदमा परिणत हुन्छ। हालैका वर्षहरूमा जापानमा नोट, राहदानी, खाम, हुलाक टिकट र अन्य स्टेशनरी छाप्नका लागि अर्गेली एजवर्थिया गार्डनेरीको लोकता निर्यातमा उल्लेखनीय वृद्धि भएको छ।… पुरा पढौ

टोपबहादुर प्रकरणमा बाटो बिराउँदै एमाले, पक्राउ पुर्जी जारीपछि केसम्म गर्‍यो रायमाझीका लागि?

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच वैशाख २० यता मात्रै पटक-पटक भेट भयो। एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको भोलिपल्ट वैशाख २१ देखि हो, पछिल्लो भेटको श्रृङखला सुरु भएको। यस्तै भेटको शृङ्खला प्रचण्डसँग ओलीले पुस १० मा प्रधानमन्त्री बनाएपछि गठबन्धन नटुटुन्जेलसम्म जारी राखे। त्यो राजनीतिक भेटवार्ता भएकाले धेरै चर्चा र चासोको विषय बनेन त्यति बेला। प्रतिपक्षी दलको नेतासँग प्रधानमन्त्रीको भेट स्वाभाविक नै हो, तर घटनाक्रमले उनीहरूको भेटलाई स्वाभाविक… पुरा पढौ

पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् ।  भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएपछि काठमाडौं प्रहरी परिसरको टोलीले खाँणलाई बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरी परिसर टेकु लगिएको छ ।  आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको समेत नाम… पुरा पढौ

हप्तामा ३० मिनेटभन्दा बढी मोबाइलमा कुरा गर्नेलाई उच्च रक्तचापको जोखिम

कुनै व्यक्तिले प्रति हप्ता ३० मिनेट वा सोभन्दा बढी समय मोबाइल फोनमा कुरा गर्दा उच्च रक्तचाप हुने जोखिम १२ प्रतिशतले बढ्ने पाइएको छ । युके बायोबैङ्कको डेटा प्रयोग गरी मोबाइल फोनमा कुरा गर्ने र उच्च रक्तचाप सुरु हुने बीचको सम्बन्ध अध्ययन गर्दा सो कुरा पत्ता लागेको हो ।  युरोपियन हार्ट जर्नल, डिजिटल हेल्थमा प्रकाशित गरिएको रिपोर्टका अनुसार उच्च रक्तचाप नभएका ३७ देखि ७३ वर्षका कुल २ लाख १२ हजार ४६  जनालाई अध्ययनका लागि सामेल गराइएको थियो ।  उनीहरूलाई मोबाइल फोनमा… पुरा पढौ

जापान आउने यात्रुले भ्रमणको उद्देश्य खुलाएर मात्र टिकट लिन नेपाल वायुसेवा निगमको आग्रह

नेपाल वायुसेवा निगमले जापान जाने यात्रुलाई आवश्यक कागजात देखाएर मात्र टिकट काट्न अनुरोध गरेको छ । पछिल्लो समय नेपालबाट जापान गएका यात्रुलाई भ्रमणको स्पष्ट उद्देश्य नखुलेपछि जापानस्थित अध्यागमनले फिर्ता पठाउन थालेको छ । निगमले सूचना जारी गर्दै यात्रुले आफ्नो यात्राको उद्देश्य स्पष्ट पारेर कागजात आफैँसँग लैजान र टिकट खरिद गर्दाकै समयमा जापान सरकारले निर्दिष्ट गरेका प्रवेषाज्ञा सम्बन्धी सबै कुरा बुझेर मात्र टिकट लिन सबैलाई सुझाव दिएको छ । ‘जापान प्रवेश निषेध गर्ने गरेको पाइएकोले काठमाडौँ–जापानको टिकट लिने सम्पूर्ण गराउँदै यसबाट… पुरा पढौ

शरणार्थी प्रकरणः हाइप्रोफाइल जोडिँदै जाँदा सातामा के-के भए?

काठमाडौंः नक्कली भुटानी शरणार्थी प्रकरणमा हाइप्रोफाइल व्यक्ति समातिएपछि यतिखेर सदनदेखि सामाजिक सञ्जाल समेत तातेको छ। त्यस्तै भिआइपी व्यक्ति भनिएकाहरुको पनि एकपछि अर्को गर्दै यस प्रकरणमा नाम जोडिएपछि राजनीतिक दलदेखि आम मानिसलाई अबको प्रहरीको अनुसन्धान कसरी अगाडि बढ्ला भन्ने चासो छ। नक्कली भुटानी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहमा हाइप्रोफाइको संलग्नता खुलेको छ। गत मंगलबार प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ गरेको थियो। रामबहादुर थापा बादल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व सरकारमा गृहमन्त्री थिए। २०७४ फागुन १४… पुरा पढौ

अब विदेशबाट फर्कनेले दुई वटा मोबाइल भन्सार नतिरी लैजान पाउने

सरकारले विदेशबाट फर्किने नेपाली नागरिकलाई दुई थानसम्म मोबाइल लैजान दिने भएको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झिटिगुन्टा आदेश संशोधन गरी प्रयोग गरिरहेको बाहेक थप एक थान मोबाइल ल्याउन दिने गरी झिटिगुन्टा आदेश संशोधन गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। हाल झिटिगुन्टा आदेशमा विदेशबाट फर्किने नेपाली नागरिकले पूर्ण भन्सार छुटमा एक थान मोबाइल ल्याउन पाउने व्यवस्था छ। यस्तै, मन्त्रिपरिषद् बैठकले एमडीएमएस प्रणाली लागु गर्ने निर्णय पनि गरेको छ। तर, ठ्याक्कै मिति भने नतोकिएको… पुरा पढौ

तमानलाई ‘मौलिक गाउँ’ बनाइँदै

बाक्लो मगर बस्ती । काठ, ढुङ्गा र माटोले सलक्क बान्की मिलाइर बनाइएका घरहरु । रातोमाटो र सेतो कमेरोले पोतिएका ती घरले धेरैलाई आकर्षित गरिरहेका छन् । वरिपारी गाउँमा बीचमा कलकल बग्ने तमानखोला । चौबिसै घण्टा सिरसिर हावा चलिराख्ने यो गाउँको विशेषता हो । बागलुङको तमानखोला गाउँपालिका–३ मा पर्ने यो गाउँ निकै रमणीय छ। परम्परागतरुपमा बनेका घर, यहाँ बस्ने मगर समुदायको बोलीचाली र सरल व्यवहारले आगन्तुकलाई स्वागत गरिरहेको छ । करिब डेढ दशक अगाडि मोटरबाटोले जोडिएको तमान गाउँमा अहिले छुट्टै रौनक… पुरा पढौ

स्वास्थ्य नष्ट गर्ने मानसिक तनाव

एकजना गृहिणी जो बिहान सबेरैदेखि बेलुकी अबेरसम्म घरको काममा व्यस्त हुन्छिन् । बिहान समयमा दूध आएन, धारामा पानी आएन, स्कुल जाने बेलामा बच्चाको एउटा मोजा पाइएन, तरकारीमा हाल्न मसला सिद्धिएछ, धोबीले समयमा लुगा ल्याएन, बच्चाको स्कुलको बस छुट्यो,भान्सामा चिया हाल्दा सिसाको कप फुट्यो, बेलुका बच्चालाई खाजा के बनाउने भन्ने चिन्ता, श्रीमान्‌को घडी हरायो जस्ता दैनिक समस्यादेखि लिएर घरपरिवारमा बिरामी, विवाह, मृत्यु जस्ता ठूला समस्या लिएर उनी मानसिक तनाव वा दबाव भोगिरहेकी हुन्छिन् । बेलुकीपख उनको टाउको र ढाड दुख्छ ।… पुरा पढौ

तीन वर्ष लामो कोभिड ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ सकियो-डब्लूएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड-१९ को ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ समाप्त भएको घोषणा गरेको छ । डब्लूएचओले तीन वर्षअघि कोभिड-१९ लाई ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरेको थियो । डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले स्वास्थ्य संकटकाल समाप्तको घोषणा गरेका हुन् । तर उनले उच्च तहको खतरा सतर्कता हटाउनुको अर्थ जोखिम सकिएको भन्ने भने नभएको बताएका छन् ।  डब्ल्यूएचओले यस भाइरसलाई लिएर जारी गरेको सबैभन्दा उच्च तहको सतर्कता तीन वर्षपछि हटाएको हो। अधिकारीहरूका अनुसार कोभिडको साप्ताहिक मृत्युदर सन् २०२१ को ज्यानुअरीमा एक… पुरा पढौ