बेलायतमा उच्च अध्ययनका लागि गएकी दोलखाकी २१ वर्षीय सदिच्छा तामाङको निधन

-


     जनहित न्युज    
     वैशाख २८ गते २०८०


लण्डन । उच्च शिक्षाका लागि यूके आएको केही समयमै बिरामी भएर २१ वर्षीया सदिच्छा तामाङको निधन भएको छ ।
निमोनिया भएपछि मिल्टन केन्स यूनिभर्सिटी हस्पिटलमा भर्ना भएको भोलिपल्ट नै उनको १० मे बुधबारमा निधन भएको हो ।
सदिच्छा गत २६ डिसेम्बर २०२२ मा मात्र बेलायत आएकी थिइन् ।
ॠण जोरजाम गरी झन्डै २० लाख खर्चेर बेलायत आएकी सदिच्छाले अकालमै ज्यान गुमाउनु परेको छ ।
२०५८ साल चैत ३ मा दोलखामा जन्मिएकी सदिच्छाका बाबु कृष्ण कुमार थोकर समाजसेवी, लामा गुरु र शैलुङ रिग्सुम गुम्बा सेवा समाजका महासचिव हुन् ।
परिवारले उनको अन्त्येस्टि नेपालमै धार्मिक परम्परा अनुसार गर्न चाहेको र शव नेपाल पठाइदिन बाबुले आग्रह गरेकोले आर्थिक सहयोग संकलन थालिएको गैर-आवासीय नेपाली संघ यूके अध्यक्ष प्रेम गाहामगरले बताए ।
उनको परिवारको आर्थिक कमजोर भएको बताइएको छ । अध्यक्ष गाहामगरले आफ्नो क्षमता अनुसार सहयोग गर्न बेलायतवासी नेपालीलाई अपिल गरेका छन् । उनले सदिच्छाको असामयिक निधनको खबरले सम्पूर्ण गैर-आवासीय नेपाली संघ यूके परिवार स्तब्ध भएका पनि उल्लेख गरेका छन् ।
सहयोग गर्न चाहनेलाई:
Bank HSBC
Account Name:
Non-Resident Nepalese Association UK
Sort code:- 40-46-22
Account Number- 51707000
Reference: SADIKSHYA 21

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?