जापान विशेष

एनआरएनए जापानको कोष अभिवृद्धिसंगै आर्थिक पारदर्शिताका लागि तामाङले दिए कोषाध्यक्षमा उम्मेदवारी

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)जापानको आगामी कार्यकालको कोषाध्यक्ष पदमा वर्तमान कार्यसमितिका सदस्य कर्साङ तामाङले उम्मेद्बारी दिएका छन ।एनआरएनए जापानको कोषको सहि व्यवस्थापन र चुस्त दुरुस्त लेखाअभिलेख राखी संघको कोष अभिवृद्धिको मुख्य एजेण्डा बनाएर आर्थिक पारदर्शितासहित कार्य गर्नका लागि समाजिक संजालमार्फत तामाङले कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन ।‘कोषको सहि व्यवस्थापन र पारदर्शी परिचालनले नै संस्थाप्रति जनविश्वास बढाउछ ।’ कोषाध्यक्ष पदका प्रत्यासी तामाङले भने-“ व्यवस्थित सिस्टमको विकास गरि सहि लेखा व्यवस्थापन र कोष अभिवृद्धि गरि उचित व्यवस्थापन गर्ने… पुरा पढौ

जापानमा पौडी खेल्दा खोलामा डुबेर मृत्यु हुनेमा बागलुङ बिहुका कृष्ण कंडेल र चितवनका प्रितम खरेल रहेको पुष्टि

यामागुची प्रिफेक्चरको इवाकुनी शहरमा रहेको इमाजु नदीमा पौड़ी खेल्ने क्रममा डुबेर मृत्‍यु हुने दुईजना नेपालीको पहिचान खुलेको छ ।मंगलबार दिउँसो ४:३० बजे नदीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु हुनेमा कुक भिषामा कार्यरत बागलुङ जिल्ला काठेखोला गाउपालिका वार्ड नम्बर ५ बिहु सिरपाली २६ वर्षीय कृष्ण कंडेल र डिपेण्डेंट भिषामा रहेका पुरानो घर गुल्मीको ददल्का भै हाल चितवनको यज्ञपुरीका २२ वर्षीय प्रितम खरेल रहेको बिमल न्यौपानेले जानकारी दिए ।न्यौपानेका अनुसार मृतकहरू दिउसो क्यूके( रेष्ट टाइम) को समयमा अन्य दुईजना साथीसंग चारजना… पुरा पढौ

एनआरएनएका हरेक कार्यक्रम र कार्यहरु पट्टयार लाग्दा नबनाउने बाचासहित आचार्यले घोषणा गरे एनआरएनए जापानको सचिव पदमा उम्मेद्बारी 

सकारात्मक सोचसहित सञ्चारकर्मदेखि समाजसेवामा लागेका बागलुङका सचिन आचार्यले एनआरएनए जापानको आगामी कार्यकालका लागि सचिव पदमा उम्मेद्बारी घोषणा गरेका छन ।लामो समयदेखि पत्रकारितामा सक्रिय सचिव पदका प्रत्यासी आचार्य हाल एनआरएनए जापानको केन्द्रीय सदस्यमा रहेर काम गरिरहेका छन ।सञ्चारकर्मसंगै सामाजिक सेवामा क्रियाशील आचार्य बागलुङ समाज जापानका महासचिव समेत हुन ।विद्यार्थी भीषामा जापान आइ हाल कम्पनीमा कार्यरत उनले एक लक्ष्य एक साथ सामूहिकतामा सबको साथ भन्ने मान्यताका साथ सचिब पदमा रहेर ज़िम्मेवारी पुरा गर्न आफू सक्षम रहेकोले उम्मेद्बारी दिएको बताए ।“संस्थामा पारदर्शिता र… पुरा पढौ

जापानको नदीमा पौड़ी खेल्ने क्रममा डुबेर दुई नेपालीको मृत्यु

यामागुची प्रिफेक्चरको इवाकुनी शहरमा रहेको इमाजु नदीमा पौड़ी खेल्ने क्रममा डुबेर दुईजनाको नेपालीको मृत्यु भएको छ । मंगलबार दिउँसो ४:३० बजे नदीमा पौडी खेल्ने क्रममा अन्दाजी २० वर्ष उमेर समूहका दुई नेपालीलाई खोलाले बगाएको थियो । बगाएका दुवैलाई कार्डियोपल्मोनरी अरेस्टको अवस्थामा अस्पताल लगिएको थियो र अस्पताल उनीहरूलाई मृत भएको पुष्टि गरेको थियो। प्रहरी र दमकल विभागका अनुसार मंगलबार साँझ ४ः३० बजे इवाकुनी शहरको इमाजु नदीमा पौडी खेलिरहेका एक नेपालीले ‘दुई जना बेपत्ता भएको’ भन्दै दमकललाई फोनमार्फत खबर गरेपछि अग्निनियन्त्रकहरू घटनास्थलमा… पुरा पढौ

घुम्टे युवा परिवार जापान(क्लब)ले आयोजना गरेको दोस्रो सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा टिम सहभागिताका लागि आग्रह

घुम्टे युवा परिवार जापान(क्लब) ले आगामी जुलाई २४ तारिक सोमबार दिन आयोजना गर्न जापानमा दोस्रो सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा टिम सहभागिताका लागि आग्रह गरेको छ ।गत वर्षदेखि रनिङ कपको रूपमा प्रतियोगिता संचालन गर्दै आएको क्लबले यस वर्ष आयोजना गरिएको दोस्रो सिल्भर रनिङ कप प्रतियोगिताका लागि जापानमा रहेका भलिबल खेलसंग सम्बन्ध राख्ने खेलाड़ी, क्लब, समूह, समाज र संस्थालाई जुलाई २२ तारिकसम्म टिम दर्ताका लागि अनुरोध गरेको हो ।‘क्लबले आयोजना गर्न लागेको दोस्रो सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल… पुरा पढौ

जापानमा काँचो कुखुराको मासु खाँदा विषाक्त हुने समस्या बढेको विज्ञहरूको भनाइ

जापानको स्वास्थ्य मन्त्रालयले काँचो र आधा पकाएको कुखुरामा पाइने ब्याक्टेरिया क्याम्पिलोब्याक्टरबाट हुने विषाक्तता बढ्दै गएपछि सावधानी अपनाउन आग्रह गरेको छ ।जापानमा खाद्य विषाक्तताका घटनाहरू सामान्यतया वर्षाको मौसममा मेको अन्त्यदेखि जुलाईको सुरुमा बढ्छन्। यस वर्ष विज्ञहरूले कोरोनाभाइरस-सम्बन्धि प्रतिबन्धहरू खुकुलो पारिएसंगै ग्राहकहरूले खाना खानमा सार्वजनिक रेष्टुरेण्टमा सहज रूपमा जाने क्रम बढेकोले कुखुराको मासु खान सावधानी अपनाउनु पर्ने विचार विज्ञहरूले व्यक्त गरेका छन्। क्याम्पिलोब्याक्टरबाट संक्रमित भएमा सामान्यतया काँचो वा पूर्ण रूपमा पकाएको मासुको जस्तै साशिमी, कोरियन "युखो" र हल्का रूपमा थोपा "ताताकी" मा… पुरा पढौ

‘काधमा जिम्मेवारी काममा इमान्दारी, सम्बन्धमा समझदारी त्यसका लागि मेरो उमेदवारी’ भन्ने मान्यताका साथ एनआरएनए जापानको अध्यक्षमा श्रेष्ठको उम्मेद्वारी

एनआरएनए जापानको आगामी कार्यकाल २०२३-२०२५ को लागि जुलाई ३० मा हुने निर्वाचनमा अध्यक्ष पदका लागि रामकृष्ण श्रेष्ठले उम्मेद्बारी घोषणा गरेका छन ।‘काधमा जिम्मेवारी काममा इमान्दारी, सम्बन्धमा समझदारी त्यसका लागि मेरो उमेदवारी’ भन्ने मान्यताका साथ आइतबार एक कार्यक्रमकाबीच क्युस्युबाट श्रेष्ठले एनआरएनए जापानको अध्यक्ष पदमा उमेदवारी घोषणा गरेका हुन। सन् २००७ सालमा जापान आई फुकुओकालाई आफ्नो कार्यक्षेत्र बनाई बिभिन्न संघ संस्थामा रहेर सामाजिक सेवामा क्रियाशील अध्यक्ष पदका प्रत्यासी श्रेष्ठ हाल एनआरएनए जापानको उपाध्यक्ष पदमा रहेर जिम्मेवारी निर्वाह गर्दै आइरहेका छन । फुकुओका… पुरा पढौ

काभ्रेको महाभारतको कफी जापान निर्यात, वार्षिक २५ लाख आम्दानी गर्दै किसान

काभ्रेपलाञ्चोकको विकट डाँडापारि क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाका किसानले उत्पादन गरेको कफी जापान निर्यात हुँदै आएको छ । हिमालयन लक्जरी विन्स कम्पनीले विगत तीन वर्षदेखि यहाँका किसानले उत्पादन गरेको कफी जापान निर्यात गर्दै आएको हो ।  यस क्षेत्रमा उत्पादित कफी राम्रो र गुणस्तर भएकाले जापनिजहरूको रोजाइमा पर्ने गरेको हिमालयन लक्जरी विन्सका सञ्चालक गुणबहादुर लामाले बताए । अहिले जापानको कलरवाथ नामक संस्थाले काभ्रेपलाञ्चोकको बनेपामा रहेको विन्ससँग समन्वय गरी यहाँ सङ्कलन गरेको कफी प्रशोधन गरेर निर्यात गरिरहेको उनले जानकारी दिए । किसानले उत्पादन… पुरा पढौ

एनआरएनए जापानको अध्यक्षमा उम्मेद्वारी दिएका नविन निउरे को हुन ? किन दिए उम्मेद्वारी ? (भिडियोसहित)

बागलुङको गलकोटमा जन्मेर जापानलाई कर्मभूमि बनाउदै आएका नविन निउरे एनआरएनएमार्फत समाजिक सेवामा सक्रिय छन् । आफ्नो कलिलो उमेरदेखि नै एनआरएनएको अभियानमा होमिएका निउरे सन् २०११ बाट एनआरएनए जापानको कान्तो क्षेत्रीय समितिको सदस्य पदबाट सक्रिय एनआरएनएको अभियानमा लागेदेखि क्षेत्रीय समितिको कोषाध्यक्ष, सचिव, संयोजक हुदै राष्ट्रिय समन्वय परिषद्को युवा उपाध्यक्ष र हाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा छन् ।विभिन्न सामाजिक संघ सस्थामा नेतृत्वदायी भूमिकामा रहेर संस्था आवेगले होइन विवेकले व्यक्तिले होइन विधिले, पारदर्शी रुपमा संचालन गराउन अहम् भूमिका खेलेका निउरे जापानमा सक्रिय संस्थामध्यको गलकोट… पुरा पढौ

पत्रकार सम्मेलन गर्दै राजकुमार अधिकारीले गरे एनआरएनए जापानको अध्यक्षमा उमेदवारी घोषणा

पत्रकार सम्मेलन गर्दै एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारीले एनआरएनए जापानको अध्यक्षमा उमेदवारी घोषणा गरेका छन्।एनआरएनए जापानको अधिवेशनको चहल - पहल बढिरहदा शनिबार जापानको तेश्रो ठूलो शहर नायोयामा अधिकारीले पत्रकार गर्दै आफु नेतृत्वमा पुगेपछि गर्ने कामको कार्ययोजना प्रस्तुत गरे। साथै सम्मेलनमा उठेका प्रश्नको जवाफ दिदैं अधिकारीले आफु लाई धेरै बोल्न नआउने तर काममा सधै ईमान्दारिता पूर्वक लागेको र भविश्यमा पनि लाग्ने बताए। ठूला कुरा गरेर मात्रै हुँदैन, यति ठूलो संख्यामा नेपाली भएको जापानका हरेक नेपाली लाई समस्या पर्दा अभिभावकको भूमिका र्निभाह… पुरा पढौ