कला / साहित्य

कलकत्ते काईंयो र टेबलमा ऐना छ, तर जयनन्द छैनन् 

रत्नराज्य कलेजमा पंक्तिकार पत्रकारिता पढदै गर्दा छेउमै रहेको ललितकला क्याम्पसमा पढने मित्रहरु डेस्क ठटाउँदै एउटा गीत खुबै गाउँथे, ‘कलकत्ते काईंयो केस मेरो बांगो, टेबलमा ऐना छ,पीरती मैले नलाको हैन तकदिरमै रैनछ’ प्रेम वियोग भोगेका ठिटा ठिटीलाई यो गीतको ‘तकदीरमै रैनछ’ शब्दले बढी प्रभाव पार्ने गथ्र्यो । तामाङ सेलो लयमा गाइएको यो गीत हिजोआज पनि पिकनिक, जमघटदेखि सांगीतिक रियालीटी शोमा समेत गुञ्जिरहेकै छ । कलकत्ते काईंयो पनि छ, टेबलमा ऐना पनि छ । तर, अब रहेनन्, यो गीत गाउने लोक गायक… पुरा पढौ

रेखा थापाले गरिन् व्यवसायी शाहीसँग विवाह

नायिका रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन् । उनले पर्यटन व्यवसायी बलराम शाही ठकुरीसँग कोर्ट म्यारिज गरेको रेखा निकटले बताएका छन् । थापा र शाही केही समयदेखि प्रेममा थिए । अमेरिका बस्दै आएका शाहीसंग उनले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन्। थापाले यसअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन् । उनीहरूले १० वर्षअघि सम्बन्ध विच्छेद गरेका थिए । नरेश पौड्याल निर्देशित चलचित्र हिरो बाट चलचित्रबाट नेपाली सिने जगतमा डेब्यू गरेकी थापाले हिम्मत, किस्मत, कसले चोर्‍यो मेरो मनलगायतका चलचित्रमा अभिनय… पुरा पढौ

नयाँ वर्षमा तङ्ग्राममा नगरा बजाइने

काठेखोला गाउँपालिका–४ तङ्ग्राममा निर्माणाधीन लोकबाजा सङ्ग्रहालयमा रहेको नगरा ( दमाहा ) सालैपिच्छे नयाँ वर्षका दिन बजाइने भएको छ । २८० किलोको सो नगरलाई वर्षको एकपल्ट वैशाख १ मा बजाइने भएको हो ।सङ्ग्रहालय बनाइरहेको गाउँमैत्री अक्षयकोषले त्यसलाई ‘देशकै ठूलो’ नगरा भनेर दाबी गर्दै आएको छ । अक्षयकोषका अध्यक्ष हेमराज आश्रमका अनुसार शनिबारको आम भेलाले नयाँ वर्षका दिन दिउँसो १२ बजे नगरा बजाउने निर्णय गरेको हो ।नगरा बज्नुअघि चैत मसान्तको मध्यरात १२ बजेदेखि १२ घण्टासम्म अखण्ड सङ्र्कीतन गरिने अध्यक्ष आश्रमले बताए ।… पुरा पढौ

भारतीय गायिका लता मंगेशकरको निधन, कोरोना संक्रमणपछि भर्ना भएकी थिइन् अस्पताल 

प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ। यसै वर्षको ज्यानुअरी महिनामा कोभिड-१९ बाट सङ्क्रमित भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। अवस्थामा सुधार नभएपछि उनी हप्तौँदेखि सघन उपचार कक्षमा थिइन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै मङ्गेशकरको निधनले "देशमा कहिल्यै पूर्ण नहुने रिक्तता छोडेको" बताएका छन्। नेपाली गीतहरु पनि गाएकी उनले ३६ भाषामा ३० हजारभन्दा बढी गीत गाएकी छन् । उनलाई राष्ट्रिय प्रतिभाका रूपमा स्थापित गर्ने कार्य भने भारतको हिन्दी चलचित्र उद्योगमा गरेको कामले गरेको हो ।… पुरा पढौ

तिम्रो विर्यको मुल्य कति ? 

त्यो दिन अर्थात् मैले एक्काइस वर्ष पहिलाको रहस्य खुलाएको दिन । मेरो स्मृतिमा ताजै छ २०७२ असारको पहिलो त्यो हप्ता । बिस्तारै धर्ती भाँसिए जस्तो महसुस भएको थियो । अरुको लागि दिन सधै जस्तो सामान्य नै थियो । तर मेरो लागि फरक । दश बज्न दश मिनेट नै बाँकी थियो । म कोठाको ढोकामा चाबी लगाउँदै थिएँ । मोवाइलको घण्टी बज्यो । ब्यागबाट मोबाइल निकालेर मोबाइलको स्क्रिनमा आँखा दौडाएँ । मोबाइलमा सेभ रहेको नम्बरबाट फोन आएको रहेछ । त्यो नम्वरमा… पुरा पढौ

एक सोच

जीवन आफैमा सुन्दर छ ।सुन्दर जीवनमा अनेकौं सुन्दर प्रकृति छिन्।आकाश छ, धर्ती छ ।फूलहरू छन्,बगैंचा छ।हिमशृङ्खलाहरू,भिर पहाडहरू छन् ।नदीनाला, तालहरू अनि झरना छन्।पशु पंक्षी छन्,बोट बिरूवा अनि जंगल ॥गाऊँ र त्यहाको निःस्वार्थ जनजीवन,कर्मठ किसान , आत्मीय संयुक्त परिवार,संस्कृति अनि परम्पराखेलकूद , मेला-हाटबजार साथै चाडपर्वमानवता तथा राष्ट्रीयताकति हो कति सुन्दर कुराहरू धेरै छन् ।यिनीहरू भन्दा पनि सुन्दर चिज छ- साथी“मित्रता”,प्रेम प्यार माया स्नेह करूणा॥त्यो बाल्यकाल अनि यो युवावस्था पछिको बुढ्यौलीअटूट अटल अमर र सत्य ॥ ख़ुशी हुन ठूला ठूला रहर चाहिदैन।वस्… पुरा पढौ

‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकी जिते

नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको लोकदोहोरी गीतको रियालिटी सो ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहले जितेको छ । कलाकार पराजुली र बुढाथोकी पहिलो सिजनको दोहोरी च्याम्पियन बन्न सफल भएका हुन।पोखरामा शनिबार भएको दोहोरी च्याम्पियनको ग्रान्ड फिनालेमा पराजुली र बुढाथोकीको समूह च्याम्पियन भएको हो।फाइनलमा बालचन्द्र बराल र शोभा कार्कीको समूहलाई हराएर पराजुली र बुढाथोकीको समूहले उपाधि जितेको हो । विजेता समूहले नगद २० लाख रुपैयाँ र १ करोड रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार हात पारेको छ। कलाकार बालचन्द्र… पुरा पढौ

समिक्षा भन्छिन्- मेरो चरित्र हत्या भयो

यतिबेला अभिनेता पल शाह र गायिका समिक्षा अधिकारी चर्चाको केन्द्रमा छन् । एक-अर्काको प्रेमको चर्चाबाट सुरु भएको उनीरूको सम्बन्ध बिस्तारै गसिपको केन्द्र बन्न पुगेको छ । पल र समिक्षाले केही म्युजिक भिडियोमा सँगै काम गरे । समिक्षाले गाएका थुप्रै गीतमा पलले अभिनय गरे । पलले गरिरहेको सामाजिक कार्यमा समिक्षाले हैसे गरिन् । पलसँगै सामाजिक अभियानका थुप्रै स्थानमा समिक्षा साथमै देखिइन् । थुप्रै टिकटक भिडियोमा युगल जोडीका रूपमा प्रस्तुत भए । आफ्नो निकटता प्रस्तुत गरे । मिडियाकर्मीले समिक्षालाई प्रश्न गरे, ‘पलसँगको… पुरा पढौ

गीतकार अर्याल जसले जनजिब्रोमा स्थापित गरिदिए औषधीय गुणको मरौटीलाई

भिडियो बनाएर टिकटकमा ‘शेयर’ गरिरहेका नयाँ पुस्तामाझ पक्कै मरौटीबारे थाहा पाउने हुटहुटी जागेको हुनुपर्छ । हामीमध्ये पनि कतिपयलाई मरौटी के हो ? जानकारी नहुन सक्छ, या बिर्सिदिएका हुनसक्छौँ । युट्युब, टिकटकजस्ता डिजिटल माध्यममा छाइरहेको यो गीतले औषधीय गुण भएको वनस्पति मरौटीलाई पुनः एकपटक जनजीब्रोमा स्थापित गरिदिएको छ । नेत्र अर्यालले शब्दमा गायक खेम सेञ्चुरी र गायिका अस्मिता अधिकारीद्वारा स्वरबद्ध गीतले मरौटी शब्दलाई जुन ओजका साथ उछालेको छ, उति नै त्यो गुणकारी पनि छ । युट्युबमा सार्वजनिक भएको तीन सातामै ५०… पुरा पढौ

जीवन त्याग गर्नका लागि बाबा आमासहित जापानदेखि स्विजरल्याण्ड सम्मको यात्रा

योशीले जापानदेखि स्विजरल्याण्डसम्मको लामो बाटो तय गरे । त्योपनि स्वेच्क्षाले मर्नैकालागि । यो एक बुधवार दिउँसोको द्रिष्य हो । हल्का झरी परेको छ । खासै गर्मी छैन । योशी जुरिच एयरपोर्टमा आफ्नो आमा बुबासँग एक व्हीलचेयरमा देखिन्छन् । दुई वैशाखीको मद्दतले कठिनसित उनी व्हीलचेयरबाट बाहिर निस्किए । बिस्तारै ट्याक्सीमा चढे । ट्याक्सीले उनलाई बासेल शहर ओराल्यो । ग्रामीण इलाका पार गरेर कुदिरहेको ट्याक्सीको झ्यालबाट बाहिर हेरेर उनी भन्छन् “मलाई धेरै राहत महसुस भएको छ ।” यात्रा छिटो भयो । मात्र… पुरा पढौ