बागलुङमा मिल्यो गठबन्धन कुरा , हुदै छ यसरी

-


     जनहित न्युज    
     वैशाख १२ गते २०७९


सत्ता साझेदार दलहरुबीच बागलुङमा पनि चुनावी गठबन्धन हुने पक्का भएको छ । लामो समयको छलफल र कसरत पछि हिजो राती मात्र दलहरुबिच सहमती गर्ने निर्णय भएको छ ।

सहमति अनुसार जिल्लाका १० स्थानीय निकाय मध्ये ६ ठाउँमा नेपाली काँग्रेसलाई प्रमुख, अध्यक्ष दिने सहमति भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रलाई २ वटा प्रमुख र राष्ट्रिय जनमोर्चालाई पनि २ वटा प्रमुख दिने सहमती भएको माओवादी केन्द्र बागलुङका प्रमु्ख राजीव घिमिरेले बताए ।
बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका गल्कोट नगरपालिका,बडिगाड गाउँपालिका, निसीखोाल गाउँपालिका र तमानखोला गाउँपालिका नेपाली काग्रेसलाइ नगरप्रमुख र अध्यक्षमा गठबन्धनको साझा उम्मीदवारी दिने, त्यस्तै,
माओवादी केन्द्रलाई ताराखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा नगरप्रमुख र अध्यक्ष, राष्ट्रिय जनमोर्चालाई जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा नगरप्रमुख र अध्यक्ष दिने सहमति जुटेको हो ।
बागलुङ नगरपालिकामा उप प्रमुख माओवादी केन्द्रलाई दिने र वडा नम्बर १,३,,६,७,८,९,११,१३,१४ मा वडा अध्यक्ष नेपाली काग्रेसलाई दिने गरि सहमती भएको छ । नेकपा एसलाइ वडा नम्बर २,५,१० वडा अध्यक्ष दिने सहमती भएको छ । भने माओवादी केन्द्रलाई ४ नम्बर वडामा अध्यक्ष र राजमोलाई १२ नम्बर वडाको वडा अध्यक्ष उम्मेववारी दिने भएको छ ।
त्यस्तै जैमिनी नगरपालिकामा नगर प्रमुख राष्ट्रिय जनमोर्चालाई उपप्रमुख नेपाली काग्रेसलाई दिने गरि सहमती भएको छ ।
वडा नम्बर ९ र १० मा जनमोर्चालाई वडा अध्यक्ष दिने , माअ‍ोवादी केन्द्रलाई वडा नम्बर ३ र ६ वडाको वडा अध्यक्ष दिने सहमती भएको छ । भने ,१,२,५,७ र ८ वडाको अध्यक्ष नेपाली काँग्रेस दिने निर्णय गरेको छ ।
त्यस्तै बरेङ गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय जनमोर्चालाई उपाध्यक्षमा नेपाली काँग्रेसलाई दिने निर्णय भएको छ । वडा नम्बर १ र २ राजमोलाई ४ वडा माओवादी केन्द्रलाई र ५ वडा नेपाली काँग्रेस अध्यक्ष दिने सहमती भएको छ ।
त्यस्तै काठेखोला गाउँपालिकामा अध्यक्ष नेपाली काग्रेसलाई उपाध्यक्ष राजमोलाई दिने सहमती भएको छ । १,२ ,५,६ र ८ वडा नेपाली काग्रेसलाई ३ नम्बर वडा नेकपा एसलाई ४ नम्बर वडा राजमोलाई र ७ नम्बर माओवादी केन्द्रका उम्मेदवारलाई वडा अध्यक्षमा उठाउने गरि सहमती भएको छ ।
गल्कोट नगरपालिकामा नगर प्रमुख नेपाली काग्रेसको उम्मेदवार बन्ने र उप प्रमुख माओवादी केन्द्रले पाएको छ । भने वडा नम्बर १ र ११ राजमोलाई वडा अध्यक्ष दिईएको छ । नेपाली काग्रेसलाई वडा नम्बर २,३,४,५,८,९ वडा अध्यक्ष दिइएको छ । भने माओवादी केन्द्रलाइ गल्कोटमा ६ र ७ वडामा वडा अध्यक्षको उम्मेदवार बन्ने सहमती भएको छ ।
तारोखोला गाउँपालिकामा माओवादी केन्द्रले अध्यक्ष उम्मेदवार बन्ने सहमती पाएको छ । भने उपाध्यक्षमा नेपाली काग्रेसका उम्मेदवार बन्ने छन् । सबै वडामा माअ‍ोवादीले नै अध्यक्षको उम्मेदवार बनाउने गरि सहमतीभ एको छ ।
वडिगाड गाउँपालिकामा नेपाली काग्रेसले अध्यक्ष पाएको छ । भने राजमोले उपाध्यक्षको उम्मेदवार बनाउने सहमती भएको छ । वडा नम्बर १ र ८ राजमोले वडा अध्यक्ष पाएको छ । वडा नम्बर ४ र १० माओवादी केन्द्रलाई वडा अध्यक्ष दिने सहमती भएको भने वडा नम्बर २,३,५,६,७ र ९ मा नेपाली काँग्रेसले वडा अध्यक्ष उठाउने छन् ।
निसीखोला गाउँपालिकामा अध्यक्ष नेपाली काग्रेसलाई उप प्रमुख माअ‍ोवादी केन्द्रलाई दिने सहमती बनेको छ ।
त्यस्तै तमानखोला गाउँपालिकामा नेपाली काग्रेसलाई अध्यक्ष दिने र उपाध्यक्षमा नेकपा एसलाई दिने सहमती भएको छ । त्यस्तै वडा १,२ र ४ मा माओवादी केन्द्रलाई वडा अध्यक्ष, ३,५ र ६ मा नेपाली कागे्रसले वडा अध्यक्षको उम्मेदवार बनाउन पाने छ ।
ढोरपाटन नगरपालिकामा माओवादी केन्द्रलाई नगर प्रमुख, उप प्रमुख नेपाली काग्रेसलाई परेको छ । त्यस्तै वडा नम्बर १र ६ वडा अध्यक्ष नेपाली काग्रेसलाई दिने सहमती भएको छ । त्यस्तै वडा नम्बर २,३,४ र ७ राजमोलाई वडा अध्यक्षमा उठाउने सहमती भएको छ । वडा नम्बर ५ र ८ माओवादी केन्द्रलाई वडा अध्यक्ष वडा नम्बर ९मा नेकपा एसलाई वडा अध्यक्षको उम्मेदवार उठाउने सहमती भएको छ ।
अब सबै उम्मेदवारको टुँगो सहित आज मनोनयन दर्ताका लागि सबै दल निर्वाचन कार्यालय बागलुङ जादै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?