जापानमा गाडीको ठक्करबाट गुल्मीकी एक महिलाको निधन

-


     जनहित न्युज    
     माघ १५ गते २०७८


जापानको ओताकुको स्यान्नो बस्ने नेपालको गुल्मी घर भएकी एक महिलाको शुक्रबार बिहान गाडीको ठक्करबाट निधन भएको छ ।
३० वर्षीय मृतक महिला बिहान ९ बजेको काममा जानको लागि साइकलमा हिडिरहेको अवस्थामा गाडीले ठक्कर दिएपछि घटनास्थलमै निधन भएको बताईएको छ ।
श्रीमानसँग जापानमा बस्दै आएकी मृतकको नेपालमा ७ वर्षीय एक छोरी रहेकी छन ।
जापानमा नै मृतक अर्यालको अन्तिम संस्कार गरिने पनि बताईएको छ । कोभिड-१९ कोरोनाको महामारीलाई ध्यानमा राखेर निश्चित व्यक्तिहरूलाई मात्र स्वास्थ्य सुरक्षाका मापदण्डहरू अपनाउदै अन्तिम संस्कारमा सहभागी हुन सकिने बताईएको छ ।

(परिवारको आग्रहमा मृतकको नाम र अन्तिमसंस्कार गरिने स्थानको जानकारी हटाईएको छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?