
जापानमा कोरोना संक्रमणको दरले दैनिक नया रेकर्ड क़ायम राख्दै गैरहेकोले तिव्र गतिमा फैलिरहेको नयाँ कोरोनाभाइरस विरुद्धको रोकथाम र नियन्त्रण जस्ता प्राथमिकताका उपायहरू अवलम्बन गर्नका लागि सरकारले १३ वटा प्रान्तमा जनवरी २१ अर्थात् शुक्रवार देखि फेब्रुअरी १३ सम्म अर्ध आपतकाल लागू गरिने र यी प्रान्तहरूमा रेष्टुरेण्ट/ बार लगायतका व्यावसायको व्यावसायिक समय कटौती गरि आवश्यक सहयोग गर्न सरकारले आग्रह गरेको छ ।
टोकियो महानगर भित्र संचालनमा रहेका रेस्टुरेन्ट/ बार लगायतका व्यावसायको समयावधि बिहान ५ बजेदेखि राती ९ बजेसम्म संचालन गर्न र यो अवधिमा व्यावसायिक समयावधि घटाउनेहरूलाई दुई प्रकारको आर्थिक सहायता प्रदान गरिने कार्यावधि तय गर्न लागिएको जापानी संचारमाध्यमहरूले जनाएका छन ।

समाचारमा जनाईए अनुसार कोरोना फैलिन नदिइ रोकथाम र नियन्त्रणका उपाय अपनाउदै रेस्टुरेन्ट/ बार लगायतका व्यावसायहरूले खाना सहित रक्सीजन्य मादकपदार्थ बिक्रीवितरण सहितको सेवा गरेर राती ९ बजेसम्म व्यावसाय संचालन गर्ने वा खाना र साधारण पेयपदार्थ बिक्री वितरण सहितको सेवा गरेर बेलुका ८ बजेसम्म व्यावसाय संचालन गर्ने भन्ने छनौट गर्न सकिने र सोही आधारमा आर्थिक सहायता प्रदान गर्ने योजना रहेको सरकारी अधिकारीहरूले बताएका छन ।
बिहिबारमात्र जापान भरमा ४६ हजार १९९ जना नया संक्रमित फेला पारेका छन भने ९ जनाको मृत्यु भएको छ । टोकियोमा मात्र बिहिबार ८ हजार ६ सय ३८ जना नया संक्रमित थपिएका छन । यो संख्या बुधवारको भन्दा करिब १२ सय बढि हो ।

कोरोना रोकथाम र नियन्त्रणका उपाय प्रभावकारी गराइ अर्ध आपतकाल लागु हुने प्रान्तहरूमा टोकियो, साइतामा, चिबा, कानागावा, गुन्मा, निगाता, आइची, गिफु, मिए, कागावा, नागासाकी, कुमामोटो र मियाजाकी गरेर १३ वटा रहेका छन ।
टोकियो महानगर सरकार अन्तरगतको नोवेल कोरोनाभाइरसको व्यवस्थापन तथा नियन्त्रण लागि निर्देशन मुख्यालयको बैठकले जनवरी २१ देखि फेब्रुवरी १३ सम्म जारी रहने अर्ध आपतकालको अवधिमा कोरोना फैलिन रोकथाम जस्ता प्राथमिकताका उपायहरू अन्तर्गत टोकियोको सम्पूर्ण क्षेत्रका रेस्टुरेन्टहरूलाई आफ्नो व्यावसायिक अवधि छोटो गर्न र प्रत्येक समूहको टेबलमा ४ जनामा मात्र सिमित प्रयोगकर्ताहरू राख्न र कोभिड-१९ परीक्षणमा नकारात्मक रिपोर्ट रहेको प्रमाणित भएमा ५ जना भन्दा बढी व्यक्ति एक समूहमा नराख्न अनुरोध गरिने बताईएको छ । नेगेटिभ नतिजा पीसीआर परीक्षणको लागि नमूना सङ्कलन भएको दिनदेखि ३ दिनसम्म र एन्टिजेन परीक्षणको लागि परीक्षणको भोलिपल्टसम्म मान्य हुने पनि बताईएको छ ।

प्रमाणीकरण नगरिएका पसलहरू मदिरा सेवा बिक्री वितरण नगर्न र बेलुका ८ बजेसम्म मात्र आफ़नो व्यावसायिक सेवा अवधि बनाउन र प्रत्येक टेबलमा प्रयोग प्रति समूह ४ जना व्यक्तिहरूमा सीमित राख्ने रेस्टुरेन्टहरूलाई सहयोग रकम प्रदान गरिने बताइएको छ । रक्सी उपलब्ध गराउने र बेलुका ९:०० सम्म खुला रहने पसलहरू प्रति दिन २५,००० येन देखि २,००,००० येनसम्म ररक्सी नखाई बेलुका ८:०० सम्म खुल्ला हुने पसलहरू प्रति दिन ३०,००० देखि २,००,००० येनसम्म आर्थिक अनुदान प्रदान गरिने बताईएको छ ।
बैठकपछि टोकियोका गभर्नर कोइकेले पत्रकारहरूसँग भनिन”संक्रमित व्यक्तिहरूको द्रुत बृद्धिले कडा चिकित्सा हेरचाह प्रावधान प्रणाली मात्र होइन, समाजका हरेक गतिविधि रोकिने अवस्था पनि निम्त्याउन सक्छ। त्यसैले तपाईं आफ्नो व्यवहार परिवर्तन गर्नुहोस्। “उनले भनिन अनावश्यक रूपमा बाहिर ननिस्कने, मास्क लगाउने, हात धुने र भेन्टिलेसनबाट बच्ने जस्ता संक्रमण रोक्नको लागि गहिरो उपायहरूको लागि आह्वान गर्दछु ।

साइतामा प्रान्तले पनि १९ तारिक काउन्टरमेजर हेडक्वार्टरको बैठक आयोजना गरि कोरोना फैलिन नदिनका लागि रोकथाम र नियन्त्रण जस्ता प्राथमिकताका उपायहरू” को विशेष निर्णय गरेको छ ।
व्यावसायिक अवधि बेलुका ९ बजेसम्म रहने सो अवधिमा मादक पदार्थहरू बिक्री वितरण गर्न पाइने, प्रयोगकर्ताको खोप लगाएको प्रमाण पत्र र नकारात्मक परीक्षण रिपोर्ट पुष्टि गरेमा मानिसहरूको संख्यामा कुनै माथिल्लो सीमा तोकिएको छैन छैन, र मादक पदार्थहरू बिहान ११ बजेदेखि बेलुका ८:३० बजेसम्म अनुमति दिइनेछ।
“भ्याक्सिन/परीक्षण प्याकेज” को सम्बन्धमा सरकारले प्राथमिकताका उपायहरू लागू गरिएका क्षेत्रहरूमा दुई पटक खोप लगाए पनि धेरै व्यक्तिहरू संक्रमित भएको तथ्यलाई ध्यानमा राख्दै सैद्धान्तिक रूपमा यसलाई अस्थायी रूपमा स्थगित गर्नेछ, गभर्नरले भने ।

चिवा प्रान्तमा सङ्क्रमण नियन्त्रणका लागि प्रमाणित र पुष्टि भएका रेस्टुरेन्टहरूलाई मादक पदार्थ बिक्री वितरण नगर्न अनुरोध गरिएको छैन ।तर व्यावसायिक अवधिलाई घटाएर राति ९ बजेसम्म मात्र गर्न अनुरोध गरिनेछ। यस अनुरोधलाई पलाना गर्ने पसलहरूलाई आर्थिक सहयोग भुक्तानी गरिनेछ।




