जेनजीले गरे महान्यायाधिवक्ताको वेबसाइट ह्याक, लेखे भ्रष्टाचारविरोधी नारा

-


     जनहित न्युज    
     भाद्र २३ गते २०८२


देशका विभिन्न भागमा युवाहरूले भ्रष्टाचारविरोधी प्रदर्शन गरिरहँदा केही समूहले वेबसाइटहरू ह्याक गरी आफ्ना नाराहरू प्रकाशित गरेका छन्।

महान्यायाधिवक्ता कार्यालयको वेबसाइट पनि ह्याक गरेर जेनजीहरूले नारा लेखिदिएका छन्।

‘जेनजी राइजिङ नेपाल’ ह्यासट्याग उल्लेख गरी उनीहरूले वेबसाइटमा उनीहरूले बानेश्वरको प्रदर्शनमा सहभागी हुन अपिल पनि गरेका छन्।

यस्तै पद्मकन्या स्कुल, होटल एसोसिएसन नेपाल लगायत अन्य संस्थाका वेबसाइट पनि ह्याकरले कब्जामा लिएका छन्।नेपालखबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?