अर्घाखाँची समाज जापानको पाँचौँ अधिवेशन टोकियोमा सम्पन्न, अध्यक्षमा कृष्ण केसी

-


     जनहित न्युज    
     पौष १८ गते २०८०


अर्घाखाँची समाज जापानको पाँचौँ अधिवेशन टोकियोमा सम्पन्न भएको छ। अधिवेशनले कृष्ण केसीको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा नारायण भुसाल, संगीता थापा, टोपबहादुर घर्तीमगर, गोविन्द विष्ट र मनीष खनाल रहेका छन् ।

यसैगरी, महासचिवमा अर्जुन आचार्य चयन भएका छन् ।  सचिवमा अभिनाश जिसी, सरोज भुसाल, असिम खनाल रहेका छन् । यस्तै, कोषाध्यक्षमा निरञ्जन खड्का र सहकोषाध्यक्षमा केशव रेश्मी चुनिएका छन्। 

महिला संयोजकमा मधु क्षेत्री, विद्यार्थी संयोजकमा नारायण भट्टराई चयन भएका छन् । कार्यसमिति सदस्यहरूमा फनबहादुर पुन, दिलप्रसाद श्रेष्ठ, चेतनारायण थापा, मनोज खनाल, भगीरथ खनाल, मार्सल रायमाझी, दिनेश थापा, राजीव पछाई, चेतन घर्तीमगर, दिली  रेश्मी, मीना थापा, कमला केसी, धर्मराज पौडेल र शंकर रायमाझी निर्वाचित भएका छन्। बाँकी तीन सदस्य कार्यसमितिले मनोनीत गर्नेछ। 

तीन सेसनमा सम्पन्न कार्यक्रमको उद्घाटन सत्र समाजका अध्यक्ष दीपक थापाको अध्यक्षतामा भएकाे थियाे । कार्यक्रमको सञ्चालन महासचिव नारायण भुसालले गरेका थिए । 

उद्घाटन सत्रको कार्यक्रममा समाजका संरक्षक बाबुराम पौडेलले विगतदेखि आजसम्म समाजका गतिविधि, उपलब्धि एवं आगामी दिनमा समाजले गर्नुपर्ने कामको विषयमा चर्चा गरेका थिए।समाजका उपाध्यक्ष नेत्रप्रसाद पन्थीले स्वागत मन्तव्य राखेका थिए ।

बन्दसत्रमा निवर्तमान महासचिव नारायण भुसालले सांगठनिक प्रतिवेदन, निवर्तमान कोषाध्यक्ष टोपबहादुर घर्तीमगरले आर्थिक प्रतिवेदन र निवर्तमान सचिव अर्जुन आचार्यले विधान संशोधन प्रस्ताव पेस गरेका थिए । 

कार्यक्रमको खुलासत्र नवनिर्वाचित कृष्ण केसीको अध्यक्षतामा भएको थियो । जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी पनि कार्यक्रममा सहभागी भएका थिए । यस्तै, वाणिज्य संघ जापानका अध्यक्ष विजेश थकाली, पत्रकार महासंघ जापानकी उपाध्यक्ष इन्दिरा खनाल पनि कार्यक्रममा सहभागी थिए ।

कार्यक्रममा वाणिज्य संघ जापानका अध्यक्ष विजेश थकालीले मन्तव्य राख्दै जापानमा रहेका संघसंस्थाले खेलेको भूमिका विषयमा चर्चा गरेका थिए। साथै, उनले नवनिर्वाचित कार्यसमितिलाई बधाई एवं शुभकामना व्यक्त गरेका थिए ।

पत्रकारमहासंघ जापानकी उपाध्यक्ष इन्दिरा खनालले समाजले गरेका अनुकरणीय कामको प्रशंसा गर्दै आगामी दिनमा पत्रकार महासंघ जापानले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

कार्यक्रमका प्रमुख अतिथि राजदूत सुवेदीले समाजको अधिवेशनमा उपस्थित हुन पाउँदा खुसी लागेको बताए । उनले समाजका गतिविधि अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्दै प्रवासमा समाजको महत्वका विषयमा आफ्ना भनाइ राखेका थिए । कार्यक्रममा राजदूत सुवेदीले समाजको १० लाखको अक्षय कोषको  शुभारम्भ गरेका थिए । 

यसैगरी, राजदूत सुवेदीले नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र तथा ७६ जना आजीवन सदस्यलाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरेका थिए । अक्षय कोष स्थापनाको पृष्ठभूमि र उद्देश्यबारे निवर्तमान अध्यक्ष दीपक थापाले जानकारी गराए ।

खुलासत्रको सञ्चालन नवनिर्वाचित महासचिव अर्जुन आचार्यले गरेका थिए। कार्यक्रममा समाजलाई गतिशील बनाउँदै जापानमा रहेका अर्घाखाँची जिल्लाका सम्पूर्ण महानुभावको साझा संथाको रूपमा स्थापित गर्ने  प्रतिबद्धता व्यक्त गर्दै नवनिर्वाचित अध्यक्ष कृष्ण केसीले समापन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?