चर्चित कलाकारको साथमा गल्कोट समाज जापानले साँगीतिक धमाका-२०२४ गर्ने

-


     जनहित न्युज    
     कार्तिक ३० गते २०८०


गलकोट समाज जापानले आफ्नो नियमित वार्षिक कार्यक्रमका रुपमा गर्दै आएको नयाँ वर्ष साँगीतिक धमाका-२०२४ आगामी नयाँ वर्षमा पनि गर्ने भएको छ।
“हाम्रो गाउँ हाम्रो ठाउँ, हातेमालो गरी सम्वृद्ध गराऔ” भन्ने भावनाका साथ हरेक वर्ष गर्दै आएको उक्त कार्यक्रम अङ्ग्रेजी नयाँ वर्ष २०२४ मा जापानका विभिन्न ३ शहरहरूमा नेपालबाट आमन्त्रित कलाकारहरुको साथमा गरिन लागेको समाजका महासचिव लक्ष्मण कार्कीले जानकारी दिए ।
“सामाजिक सेवाका क्षेत्रमा खर्च गर्ने गरि आर्थिक संकलन होस् भन्ने मनसायका साथ “शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगार्थ अक्षयकोष वृद्धि” का लागि जापानका मुख्य शहरहरु ओसाका,नागोया र टोकियोमा हरेक वर्ष जस्तै साँगीतिक धमाका गर्ने महासचिव कार्कीको भनाइ छ।
गल्कोट क्षेत्रको सामाजिक, आर्थिक, सास्कृतिक, शैक्षिक, स्वास्थ्य, पर्यटकीय, पर्यावरणीय विकासमा हातेमालो गरि गल्कोट क्षेत्रको साथै राष्ट्रको विकासमा टेवा पुरयाउने उदेश्यले सन् २००६ मा स्थापना भएको गल्कोट समाज जापानले अंग्रेजी नया बर्ष २०२४ को अवसरमा नेपालदेखि ख्याती प्राप्त कलाकार आमन्त्रण गरि २०२३ ३१ डिसेम्बर ओसाका,२०२४ जनवरी१ नागोया र जनवरी २ मा टोकियो कार्यक्रम तय गरिएको समाजका प्रवक्ता दिलिप कंडेलले जानकारी दिए ।
कार्यक्रमलाई व्यवस्थित गर्नका लागि समाजका बरिष्ठ उपाध्यक्ष रत्नसिंह बस्नेतलाई कार्यक्रम संयोजकको जिम्मेवारी दिइ कार्यक्रमको तयारी अगाडि बढाइएको प्रवक्ता कंडेलले बताए ।
जापानवासी सम्पुर्ण नेपालीको साथ सहयोग र समाज प्रतिको बिश्वासले समाजले सञ्चालन गरेका हरेक योजना सफल भएका समाजकी अध्यक्ष कालिका थापाले बताइन् ।
“२०२३ मा गरिएको साँगीतिक धमाकाबाट संकलित रकमबाट कार्यक्रमको उद्धेश्य अनुरुप गल्कोटमा सत्तरी लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेका छौ, केही प्रयोगमा आई सकेका छन् भने केही खरिद प्रक्रियामा रहेका छन्।” अध्यक्ष थापाले भनिन् – त्यसका लागि सम्पुर्ण सहयोग दातालाई धन्यवाद व्यक्त गर्दै यस वर्षको कार्यक्रममा पनि सम्पूर्णको सक्रिय सहयोग हुने बिश्वास लिएका छौ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?