
नेपाली कम्युनिटी आएरल्याण्डमा दशै तिहार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहेका एनआरएनए आएरल्याण्डका अध्यक्ष प्रकाश सापकोटाले प्रवासमा गरिने यस प्रकारका कार्यक्रमले नेपाली कला संस्कृति परम्परा र रीतिरिवाजलाई बचाउन र दोस्रो पुस्तामा हस्तान्तरण गर्न सहज हुने भनाइ व्यक्त गरे ।

नेपालबाट आमन्त्रित कलाकार हेमन्त राना र इश्वर सिंहको प्रस्तुति रहेको कार्यक्रममा आएरल्याण्डका लिम्रिक सिटि मेयर आज़ाद तालुक़दारले शुभकामाना मन्तव्य व्यक्त गर्दै दुई देशको कला संस्कृतिको आदान प्रदान गर्न कार्यक्रमले सहयोग प्रदान गरेको विचार व्यक्त गर्दै नेपाली समुदायले गर्ने हरेक कार्यक्रममा आफूले सक्दो सहयोग गर्ने बताए ।
कलाकारद्वारा नेपाली मौलिक देउसी भैलो सहित विभिन्न गीतसंगीतको प्रस्तुति रहेको कार्यक्रममा उपस्थित नेपालीहरुले प्रवासमा रहँदा पनि नेपाली पनको कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै रमाएका थिए ।

आएरल्याण्ड अध्यक्षता संस्थाका अध्यक्ष प्रेम सापकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन हिमाल कँडेल र स्वागत मन्तव्य रमाकान्त चौधरीले गरेका थिए।

साना साना बालबालिकाको नृत्य सहितको प्रस्तुति रहेको उक्त कार्यक्रममा स्थानीय नेपाली कलाकारले गीत तथा नृत्यबाट समेत स्वागत गरेका थिए। कार्यक्रममा आर्थिक लगायतको सहयोग गर्ने सहयोगदाता र कलाकारलाई मायाको चिनोद्वारा सम्मान गरिएको थियो।
