सबैलाई उद्धार तथा राहतमा जुट्न प्रधानमन्त्रीको अपिल

-


     जनहित न्युज    
     कार्तिक १८ गते २०८०


जाजरकोटमा शुक्रबार राती गएको भुकम्पमा ठूलो मानवीय र भौतिक क्षति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले तीनवटै सुरक्षा निकायलाई उद्दार र राहतमा सक्रिय रुपमा जुट्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’ ले उद्धार तथा राहतमा जुट्न सबैमा अपिल समेत गरेका छन् ।  

‘भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहत भएको छु। घाइतेहरूको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन्।  उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गर्दछु,’ प्रधानमन्त्री दाहालले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?