
जापानका मौसम अधिकारीहरूले भारी वर्षाका कारण हुने प्रकोपको जोखिम राति अचानक बढ्न सक्ने चेतावनी दिदै क्युसु र यामागुची प्रान्तका मानिसहरूलाई शुक्रबार राती सुरक्षित ठाउँमा रहनका लागि आग्रह गरेका छन्।
शुक्रबार भूमि मन्त्रालयसँगको संयुक्त पत्रकार सम्मेलनमा मौसम विज्ञान निकायका अधिकारी ताचिहारा शुचीले भारी वर्षाका कारण पश्चिमी जापानदेखि तोहोकुसम्म जमिन नरम भएको र नदीको सतह बढेकोले प्राकृतिक प्रकोप आइ जनधनको क्षति हुनसक्ने भएकोले सो आग्रह गरिएको बताए ।
उनले शनिबारसम्म पश्चिमीदेखि उत्तरी जापानका धेरै क्षेत्रहरूमा मुसलधारे वर्षाको पूर्वानुमान गरिएको छ भने क्युसु र यामागुचीमा मुसलधारे वर्षा ल्याउने बादल विकसित भएकोले सचेतना अपनाउन चेतावनी दिएको बताएका छन ।
ताचिहाराले यी क्षेत्रका मानिसहरूलाई वेबमा उपलब्ध रहेको किकिकुरु नामक एजेन्सीको विपद् सूचना सेवामा पहुँच राख्न र निकासी केन्द्र वा अन्य सुरक्षित स्थानहरूमा रात बिताउन आग्रह गरिएको बताए । बाहिर निस्कन निकै जोखिमपूर्ण लागेमा बलियो भवनको माथिल्लो तल्लामा बस्नुपर्ने उनको भनाई छ।
स्थिर मौसमी वर्षाले आइतवार र त्यसपछि पनि भारी वर्षा ल्याउने अनुमान गरिएको छ। भूमि मन्त्रालयका अधिकारी ओमात्सु सातोशीले दिनभर वर्षा जारी रहँदा वर्षा कमजोर भएपछि नदीको सतह बढ्दै जाने र हल्का वर्षाले पनि बाढीको जोखिम बढ्न सक्ने बताए।उनले मानिसहरूलाई आफ्नो समुदायमा कस्ता जोखिमहरू छन् भनेर जाँच गर्न जोखिम नक्सा हेर्न पनि आग्रह गरे।
फुकुओका, ओइता, कुमामोतो, इशिकावा र नागानो प्रान्तका १३ वटा बाँधले मुसलधारे पानीको तयारीका लागि पानी छोड्न थालेको मन्त्रालयले जनाएको छ।
पानी नपरे पनि पानीको बहाव तलतिर बढ्न सक्ने मन्त्रालयले चेतावनी दिएको छ ।यसले नदी किनारका मानिसहरूलाई नवीनतम जानकारीको साथ अपडेट रहन आग्रह गर्दछ।



