
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान कान्तो क्षेत्रीय समितिको संयोजकमा सागर कार्की निर्विरोध निर्वाचित भएका छन ।
आइतबार टोकियोको शिन ओकूबोमा सम्पन्न समितिको आठौ अधिवेशनबाट आगामी कार्यकाल २०२३ -२०२५ को लागि संयोजकमा कार्की र उप संयोजकमा दिपक सुवेदी विप्लव, केशबहादुर खत्री सुरज र अर्जुन तिवारी र महिला संयोजकमा ईश्वरी अर्याल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक विजेश थकालीले जानकारी दिए ।
संयोजक थकालीका अनुसार सहमतिका लागि अधिकतम प्रयासका बाबुजुद निर्विरोध निर्वाचित हुने समितिको सचिवमा वासुदेव पन्त, सह सचिबमा गोम बुढाथोकी र महेश श्रेष्ठ रहेका छन भने कोषाध्यक्षमा पुरन्जन नेपाल र सह कोषाध्यक्षमा अनुप गौतम रहेका छन ।
समितिको युवा संयोजकमा महेन्द्र केसी र सदस्यहरूमा दिपेन्द्र गौतम, चण्डीप्रसाद कंडेल, किरण गौतम, विपिन श्रेष्ठ, ज्योति रिजाल ढकाल, एकराज तामाङ र प्रमोद लोहनी रहेका छन ।



