
सामाजिक सद्भाव र सहयोग लेनदेनमा सहजताका लागि नेपाली समुदायलाई संगठित गरि नेपाली भावनालाई जगाई राख्न र भाईचारको सम्बन्धलाई प्रगाढ़ बनाउने पवित्र उद्देश्यसहित स्थापना भएका एनआरएनए र नेपाली समुदायको नजिकको साथीका रूपमा एनआरएनएको अभियानलाई प्रतिनिधित्व गर्नका लागि क्षेत्रीय समितिको स्थापना र क्रियाशीलता हुनुपर्ने हो ।तर जापान लगायत विश्वका जुनसुकै मूलुकमा स्थापना भएका एनआरएनए क्षेत्रीय समितिले उक्त भावनालाई प्रतिनिधित्व गर्न सकेका छैनन भन्ने कुराको सामान्य उदाहरण हाल जापानमा भैरहेका क्षेत्रीय समितिका अधिवेशन र त्यसबाट आउने आगामी नेतृत्वका लागि भएको छिनाझपटीले पुष्टि गरेको छ ।
समाज सेवा गर्नका गर्नका लागि विभिन्न प्लेटफार्मको स्थापना र विकास भैसकेका छन र हामीले आफ्नो अनुकूलका विभिन्न समाज संस्थाको स्थापना समेत गर्दै र यिनीहरूलाई क्रियाशील बनाउदै आइरहेका छौ । एनआरएनए प्रवासमा रहेका हरेक समाज सस्थाहरूको अबिभावकीय सस्था हो र हुनुपर्छ सोहि मान्यतामा स्थापित संस्था हो भन्ने मेरो बुझाई र मान्यता रहेको छ ।
लोकतन्त्रको दुवाही दिदै एनआरएनए जापानका क्षेत्रीय समितिमा भित्रिएको अस्वस्थ र अमर्यादित निर्वाचनले प्रवासमा मिलर बसेको नेपाली समुदायलाई जबरजस्ती विभाजनतिर धकेलेको छ । लोकतन्त्रको नाममा एनआरएनए जापानका क्षेत्रीय समितिमा पनि जबरजस्ती रूपमा चुनावी भूत हावी गराईएको छ । यसले समाजलाई राम्रो गति र आगामी पिँढीलाई राम्रो सन्देश र मार्गदर्शन दिनुका साटो यो समाज सेवामा धेरै भड्किलो र साथीभाइका बीचको भाईचारा र सामाजिक सत्भावमा समेत खलल/आँच पुर्याउने पक्का छ ।
क्षेत्रीय समितिले बनाएका निर्वाचन समितिले खुलम्खुला निर्वाचन कार्यतालिका प्रकाशित गरि उम्मेद्बारी ग्रहण गरिरहेका छन । यदि अन्तिम नामावली प्रकाशित पश्चात् सदस्य भएको व्यक्तिले उम्मेद्वार दिने नैसर्गिक अधिकार हुने कि नहुने यसको जवाफ कसले दिने? अनि निर्वाचनमा मतदान कसले कुन विधिबाट गर्ने खोई निश्चित गरेको ?
विगतका एनआरएनए जापान र विश्व भरि कै एनआरएनएको निर्वाचन अभ्यासलाई हेर्ने हो भने ग़लत प्रक्रिया र नजिरको स्थापना त्यति बेलादेखि नै सुरुवात भै अहिले झांगिएको मात्र हो यसलाई बेलैमा नियमन र नियन्त्रण गरिएन भने विषवृक्षको रूपमा मौलाउन गै सामाजिक सत्भाव र भाइचाराको सम्बन्धमा ठुलो आँच आउने अवस्यम्भवी छ ।
जापानको सन्दर्भमा हाल भै रहेका एनआरएनए जापान अन्तरगतका १२ वटा क्षेत्रीय समितिको अधिवेशन र त्यसले आगामी कार्यकालका लागि छान्ने नेतृत्वको लागि भैरहेका गतिविधि सुन्दर छैनन र सहि गति र ढंगले अगाडि बढ़ेका समेत छैनन भन्न कत्ति संकोच मान्नु पर्ने अवस्था छैन । दिउसोको छनक बिहानीले दिन्छ भनेजस्तै क्षेत्रीय समितिमा नेतृत्व चयनका लागि अहिले जे भैरहेको छ त्यही गति र विधिलाई अवलम्वन गरियो भने राष्ट्रिय परिषद्को निर्वाचन पनि यस्तै नहोला भन्ने ठाउँ छैन भन्ने स्पष्ट संकेत हो भन्ने मेरो ठम्याइ छ ।
लोकतन्त्रको दुवाही दिदै एनआरएनए जापानका क्षेत्रीय समितिमा भित्रिएको अस्वस्थ र अमर्यादित निर्वाचनले प्रवासमा मिलेर बसेको नेपाली समुदायलाई जबरजस्ती विभाजनतिर धकेलेको छ ।
राष्ट्रिय समन्वय परिषद्ले आफनो क्षेत्रको अधिवेशन गराउन निर्देशन गर्नु आँफैमा उपयुक्त र अधिकार भित्रको कुरा हो । तर अधिवेशन पश्चात आगामी नेतृत्वका लागि निर्वाचन प्रक्रिया हुन्छ र त्यसका लागि आवश्यक तयारीको पहिलो चरण त्यस क्षेत्रको सदस्यहरूको अन्तिम नामावली दिनुपर्छ भन्ने सामान्य ज्ञान नभएर हो वा जे गरेपनि पनि हुन्छ भनेर हो । अहिलेसम्म क्षेत्रीय समितिलाई सदस्यको अन्तिम नामावली प्रदान गरिएको छैन, क्षेत्रीय समितिले बनाएका निर्वाचन समितिले खुलम्खुला निर्वाचन कार्यतालिका प्रकाशित गरि उम्मेद्बारी ग्रहण गरिरहेका छन । यदि अन्तिम नामावली प्रकाशित पश्चात् सदस्य भएको व्यक्तिले उम्मेद्वार दिने नैसर्गिक अधिकार हुने कि नहुने यसको जवाफ कसले दिने? अनि निर्वाचनमा मतदान कसले कुन विधिबाट गर्ने खोई निश्चित गरेको ? निर्वाचनका विश्वव्यापी सामान्य आधारभूत मान्यतालाई जुनसुकै संस्थाले पालना गर्नुपर्ने नैतिक दायित्व हुन्छ । की जापानको एनआरएनएले गर्नुनपर्ने हो ? यदि मुद्दामामिला पर्यो भने त्यसको जवाफदेही को हुने? अलिकति हेक्का राखिएको छ की छैन कुन्नी ।
अहिलेको एनआरएनएको चहलपहलमा किन होला बिगतमा सक्रियतापूर्वक लागेकाहरू निष्क्रिय जस्तै भूमिकामा छन । अनि अहिलेसम्मको सदस्यता हेर्दपनि विगतको भन्दा कम नै छ । जापानमा नेपालीहरूको जनसख्या बढ्दै जानु तर एनआरएनएको सदस्यतामा कमी आउनुका पछाडिको कारण हामीले खोजेका छौ की आफू केन्द्रित निर्णय र व्याख्या गर्दै हिड़ेका छौ । यो नेतृत्वमा रहने हामीहरूको समिक्षा गर्न आवश्यक छ भन्ने मलाई लागेको छ ।
किन विधानको पनि आफु अनुकुल ब्यख्या गरिदै छ ।कतै कार्यसमितिमा बसेको मान्छेलाई निर्वाचन समितिमा राखिएको छ कतै मिल्दै मिल्दैन पाइदै पाईदैन भन्दै भजन गाउदै हिडिएको छ ? यसमा किन एउटै राष्ट्रिय समन्वय परिषद् अन्तर्गत र एउटै विधान मातहतमा चल्ने क्षेत्रीय समितिलाई दोहरो नीति अपनाईएको छ ।
एनआरएनएमार्फत समाज सेवामा लाग्नका लागि यति धेरै तछाड मछाड किन ? भन्ने प्रश्न जनमानसमा एकातिर छ भने अर्कोंतिर नेतृत्वको लागि होडबाजी चलिरहदा सदस्य पद वा महिलाका लागि तोकिएको पदमा उम्मेद्बारी नै परेको देखिदैन ।यता तिर कसैको चासो पनि देखिदैन । चासो छ त केवल मुख्य पदमा नेतृत्व कुन पक्षले गर्ने कसरी आफु अनुकुल माहोल बनाउने बनाउने र प्रतिष्प्रधिलाई कसरी नङ्याउने भन्ने होडमा एनआरएनए जापानका क्षेत्रीय समितिहरू गोरुको जुझाईमा बाच्छाको के मिचाईमा परेको स्पष्ट हुँदै गएको छ । यसको असर आगामी कार्यकाल भरि त रहन्छ नै आउने पुस्ताले समेत हाम्रो पुस्तालाई धिकार्ने छ ।
अझै रोचक कुरा त विधानको नाममा कतै कोहिलाई आऊनै नमिल्नेलाई पनि अनेक हतकण्डा अपनाएर ल्याउने दुष्प्रयास गरिदै छ भने कतै यही एनआरएनएको अभियानमा लागेर बिगतमा सहमतिको बाधक नहुन बाटो प्रसस्त गर्नेलाई गलत्याईदै छ । किन विधानको पनि आफु अनुकुल ब्यख्या गरिदै छ ।कतै कार्यसमितिमा बसेको मान्छेलाई निर्वाचन समितिमा राखिएको छ कतै मिल्दै मिल्दैन पाइदै पाईदैन भन्दै भजन गाउदै हिडिएको छ ? यसमा किन एउटै राष्ट्रिय समन्वय परिषद् अन्तर्गत र एउटै विधान मातहतमा चल्ने क्षेत्रीय समितिलाई दोहरो नीति अपनाईएको छ ।
क्षेत्रीय समितिहरू अधिवेशन सकि चुनावी माहोलमा छन् तर निर्वाचन कहिले हुने अन्योलमा छन् । विचरा ती अध्यक्षका आकांक्षी हरुमा के मनोदशा चालिरहेकों होला। चुनाव कहिले हुने निश्चित छैन, भोट माग्न हात नजोड़ि पनि भएको छैन । लडाई भयङकर छ मात्र अध्यक्षका आकांक्षीलाई परिचालन गर्ने महानुभावको प्रतिष्ठाको लागि मात्र । यो हाम्रो हमरो समाजले कहिले बुझ्ने जहाँ आफ्नो स्वार्थका लागि हामीलाई उपयोग गरिरहेका छन भनेर । जय एनआरएनए



