
गैर आवासीय नेपाली संघ जापान (NRNA ) कान्तो क्षेत्रीय कार्यसमितिको आठौँ अधिवेशन जुन २५ तारिक आइतबारका दिन हुने भएको छ ।
एनआरएनए जापान राष्ट्रिय समन्वय परिषद् जापानमा रहेका १२ क्षेत्रीय समिति मध्य जापानको राजधानीमा रहेको कान्तो क्षेत्रीय समितिको आगामी कार्यकालको लागि समिति चयन हुने गरि आठौ अधिवेशन हुन लागेको समितिका संयोजक दिपेश केसीले जानकारी दिए ।
राष्ट्रिय समन्वय समितिसंगको समन्वयमा काम काम गर्दै आएको समितिले विभिन्न सामाजिक कार्यहरु, जापानीज माझ नेपाल र नेपाली चिनाउने कार्यक्रम तथा दुखमा परेका नेपालीलाई नेपाल तथा जापानमा आवश्यक सहयोग गर्दै आएको संयोजक केसीको भनाई छ ।
बिजेश थकालीको संयोजकत्वमा सचिब सालिकराम भण्डारी, बिकाश श्रेष्ठ, बालकृष्ण कडेल ( हिमाल) र मनीष अमात्य रहेको ५ सदस्यीय निर्वाचन समिति गठन गरेको छ।
टोकियो ओकुबो स्थित सोलमारी मूरा हलमा हुने अधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी भैरहेको समितिका सचिब सागर कार्कीले जानकारी दिए ।कान्तोबासी नेपाली दाजुभाइ दिदी बहिनीलाई अधिबेसनमा उपस्थितिका लागि समितिले सबै सबैलाई सबाईलाई आग्रह गरेको छ ।



