
जापानले धेरै खर्च गर्ने पर्यटकहरू आकर्षित गर्ने उदेश्यका साथ निकट भविष्यमा आउने विदेशी निजी जेटहरूको लागि विमानस्थलहरूमा अवतरण र अन्य पहुँच प्रक्रियाहरू सहज बनाउनेछ।
नयाँ नियमहरू अन्तर्गत जापानमा अवतरण अनुमतिको लागि आवेदन दिन आवश्यक अवधि कम्तिमा १० दिन भन्दा पहिले हुनुपर्ने त्यसलाई घटाएर तीनमा बनाइने र अपरिहार्य परिस्थितिमा २४ घण्टा अघि समेत आवेदन पेश गर्न सकिने व्यवस्था गर्न लागिएको सरकारले बताएको छ ।
यस कदमको उद्देश्य उच्च नेट-वर्थ विदेशी आगन्तुकहरूको संख्या बढाउने उद्देश्यले थप लचिलो यात्रा कार्यक्रमहरूलाई अनुमति दिईएको हो । निजी जेटहरू प्रायः सुविधा, आराम र गोपनीयता खोज्ने उच्च-प्रोफाइलका व्यक्तिहरूले प्रयोग गर्ने भएको भएकोले यस्तो सुविधा प्रदान गरिन लागिएको भूमि, पूर्वाधार, यातायात र पर्यटन मन्त्रालयले जनाएको छ ।
यस अघि जापानले तीन दिनको सूचनामा व्यापार र चिकित्सा उद्देश्यका लागि निजी जेटहरूलाई अवतरण गर्न अनुमति दिएको दिने गरेको छ तर सिभिल एरोनटिक्स कानूनमा आधारित अधिसूचनामा संशोधन गर्दै पर्यटकीय स्थलहरूको लागि आउनेहरूलाई समेत यो नियम लागू गर्न लागिएको मन्त्रालयले जनाएको छ।
२०१९ मा जापानले व्यावसायिक उद्देश्यसहित विदेशी निजी जेटहरू आगमन कुल ५९६२ आगमन र प्रस्थान रहेको थियो ।यो संख्या सन् २०२४ को तुलनामा १.८ गुणाले बढेको थियो ।
कोरोनाभाइरस महामारीका कारण २०२१ मा यो संख्या १,३३२ मा झरेको थियो, तर गत वर्ष ३,१४२ मा पुगेको थियो।
जापान सरकारले वार्षिक आन्तरिक पर्यटक खर्च ५ ट्रिलियन येन (३५.५ बिलियन डलर) पु¥याउने लक्ष्य राखेको छ ।



