
जापानको टोकियोको माचिदा रेलवे स्टेशन नजिकै शुक्रबार साँझ करिब ८ बजेतिर बन्दुक चलाएर बन्दुकधारीले हानेको गोली लागेर एक जना घाइते भएका छन ।
गोली लागेर घाइते भएका भएकाको अवस्था अचेत रहेको प्रहरी बताएको छ । महानगरीय प्रहरी विभागको मचिदा प्रहरी चौकीका अनुसार उक्त व्यक्तिलाई पेट र शरीरका अन्य भागहरूमा पेस्तोलको गोली हानिएको छ । घाइते कार्डियोपल्मोनरी अरेस्टको अवस्थामा रहेका छन । बन्दुकधारीले ती व्यक्तिमाथि गोली प्रहार गरि आफू एक यात्रु कारमा घटनास्थलबाट भागेका घटनाका प्रत्यक्षदर्शीले बताएका छन । घटनाको बारेमा बिस्तृत अनुसन्धान भैरहेकों र आक्रमणकारीको खोजी कार्य तिव्र पारिएको महानगरीय प्रहरी विभागले जनाएको छ ।

घटनास्थलबाट कारमा दुई जना फरार भएको हुनसक्ने अनुमान गरिएको छ र प्रहरीले उनीहरुको खोजी गरिरहेको छ ।अनुसन्धान स्रोतका अनुसार गोली प्रहार गर्ने व्यक्ति समुहमा आबद्ध रहेको अनुमान गरिएको छ ।
“आक्रमणकारी सेतो यात्री कारबाट भागेको प्रत्यक्षदर्शी बताएका छन” महानगरीय प्रहरी विभागले भन्यो- घटनाको विस्तृत स्थिति पुष्टि गर्न लागिरहेका छौ ।
शुक्रबार बेलुका ७:४० बजेतिर टोकियोको मचिदा सहरको रेलवे स्टेशन नजिकै”एक व्यक्तिलाई बन्दुकले गोली हानेको देखिन्छ।” भन्ने ११० नम्बरमा फोन आएपछि पच्ची तत्काल प्रहरी घटनास्थलमा पुग्दा एकजना अधवैशे व्यक्तिलाई गोली लागेर घाइते अवस्थामा लडिरहेको फेला परेको थियो ।
गोली लागेर एकजना घाइते भएको र बेहोस रहेको अनुसन्धान स्रोतले जनाएको छ ।
घटनास्थल जेआर माचिदा स्टेशन नजिकै रेस्टुरेन्टहरु रहेको क्षेत्र घटाईएको छ ।घटनास्थल नजिकैको एक रेस्टुरेन्टका एक कर्मचारीले भने, “राती ८ बजेतिर मैले गोली चलेको जस्तो धेरै आवाज सुनेको थिएँ। त्यो आवाज टाढैबाट आएर यहाँसम्म पुगे जस्तो देखिन्थ्यो।प्रहरी नआएसम्म म पसलबाट बाहिर निस्किनँ, त्यसैले मलाई धेरै धेराई जानकारी छैन, तर साइट नजिकै धेरै रेस्टुरेन्टहरू छन्, र मानिसहरू आवाज सुन्दा वरिपरि दौडिरहेका थिए। म साँच्चै डराएको छु।”
साथै, घटनास्थल नजिकैको रेस्टुरेन्टमा काम गर्ने एक व्यक्तिले भने, ”त्यहाँ प्रहरीका करिब छवटा गाडी र एउटा एम्बुलेन्स रोकिएको थियो। बस टर्मिनलसम्मको पैदल पुल समेत बन्द गरिएको थियो।



