
६८ जना यात्रु बोकेर काठमाडौंबाट उडेको यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ।
एएनसी एटीआर ७२ विमान पोखराको सेती खोंचमा दुर्घटनाग्रस्त भएको जानकारी प्राप्त भएको छ । त्रिभुवन विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले पनि दुर्घटना भएको पुष्टि गरे । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी नै छ ।
बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एसीएनसी विमानमा चालक दलका ४ जना सहित ६८ यात्रु सवार रहेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । ६८ यात्रुमध्ये ३/३ जना शिशु तथा बालबालिका र ६२ वयस्क रहेका छन् ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दिएको जानकारीअनुसार अहिलेसम्म ३० जनाको शव फेला परिसकेको छ।
‘कोही जिवित भेटिने हुने सम्भावना छैन,’ उनले भने,‘हामी शवहरू निकाल्दै छौं।’
जिल्ला प्रहरी प्रमुख अजय केसीका अनुसा पौने १२ बजेसम्म जहाजमा लागेको आगो निभाउन सकिएको छैन।
‘शवहरू डढेको अवस्थामा फेला परेका छन्,’ उनले भने। जहाजमा ४ जना चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए।
पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको सेती किनारमा दुर्घटना भएको हो ।
पोखरा अन्तर्राष्टिय विमानस्थलले उद्धार कार्य जारी रहेको र घटनामा के कति क्षति भएको एकिन हुन बाँकी रहेको जनाएको छ ।



