
यस वर्ष जापानभरि हालसम्म रेकर्ड गरिएका सिफिलिसका केसहरूको संख्या १०,००० नाघेको छ। प्रारम्भिक तथ्याङ्कका अनुसार रेकर्डहरू सुरु भएदेखि यो सङ्ख्या पहिलो पटक थ्रेसहोल्डभन्दा माथि पुगेको हो ।
यस वर्ष अक्टोबर २३ सम्म कुल १०,१४१ सिफिलिस केसहरू फेला परेका हुन ।यो गत वर्षको प्राप्त बिरामी संख्या भन्दा धेरै हो। गत वर्ष जापानमा जम्मा ७,८७५ केसहरू देखिएका थिए । तर त्यो संख्या यस वर्ष सेप्टेम्बरमा पार भएको छ।
प्रारम्भिक राष्ट्रव्यापी टोकियो मेट्रोपोलिटन संक्रामक रोग निगरानी केन्द्र द्वारा अक्टोबर २७ मा जारी गरिएको राष्ट्रिय सरकारको तथ्याङ्कबाट यो तथ्यांक सार्वजनिक गरिएको हो ।
सामाजिक सञ्जाल र डेटिङ एप्स मार्फत भेटिएका बहु साझेदारहरूसँगको यौनसम्पर्कलाई सिफिलिस केस वृद्धिको कारक मानिएको छ।
सिफिलिस Treponema pallidum ब्याक्टेरियाबाट लाग्ने यौन रोग हो, जुन छाला वा श्लेष्म झिल्लीमा अदृश्य स-साना घाउहरू मार्फत मानव शरीरमा प्रवेश गर्दछ। सिफिलिसका केसहरू सन् २०११ देखि जापानमा बढ्न थालेका हुन । २०२० मा यो संख्या घट्यो तर पछिल्लो वर्षहरूमा फेरि उकालो लाग्न थालेका हुन ।
प्रारम्भिक औषधि उपचारले रोगीहरू पूर्ण रूपमा निको हुन सक्ने भए तापनि तिनीहरूले गल्तीले आफू निको भइसकेका छु भनि वेवास्ता गरेमा लक्षणहरू बारम्बार देखा पर्छन् र शरीरभरि फैलिँदै जाँदा समस्या जटिल हुन्छ । ब्याक्टेरियाले मानिसहरूलाई बारम्बार सङ्क्रमण गर्न सक्ने भएकाले रोगीहरूले यसलाई रोक्न आवश्यक हुन्छ। उपचार पूरा गरेपछि पनि पुन: संक्रमण हुनसक्ने हुन्छ ।
संक्रमणको फैलावट रोक्नको लागि, प्रारम्भिक परीक्षण र उपचार महत्त्वपूर्ण छ। मानिसहरूले प्रत्येक पटक साझेदारहरू बदल्दा STD परीक्षण गराउनु पनि महत्त्वपूर्ण छ।



