युनिफिकेशन चर्चसँगको सम्बन्धका कारण जापानका क्याबिनेट अर्थमन्त्रीको राजीनामा

-


     जनहित न्युज    
     कार्तिक ८ गते २०७९


दर्जनौं सत्तारुढ दलका सांसदहरू संलग्न रहेको र चरम विवादका बिच बढ्दो आलोचनाको सामना गरेपछि एकीकरण चर्चसँगको सम्बन्धलाई लिएर जापानका अर्थमन्त्रीले सोमबार आफ्नो राजीनामा दिएका छन।

जुलाईमा पूर्व प्रधानमन्त्री तथा नेता शिन्जो आबेको हत्या पछि विवादास्पद दक्षिण कोरियामा अवस्थित चर्चसंग उनको पार्टीको घनिष्ठ सम्बन्ध रहेको रहस्य खुल्दै जान थालेपछि आएको जापानका अर्थमन्त्री दाइशिरो यमागिवाको राजीनामा प्रधानमन्त्री फूमियो किशिदा सरकारको एक अर्को झटकाको रूपमा हुन पुगेको छ ।

यामागिवाले विदेश यात्राको क्रममा चर्चका सभाहरूमा आफ्नो विगतको उपस्थिति र चर्चका नेता हकजा हान मुन र अन्य अधिकारीहरूसँग सामूहिक फोटो खिचाएको बारम्बार सम्झना नभएको भन्दै राजीनामाको लागि विपक्षी सांसदहरूको बढ्दो मागको सामना गर्नु परेको थियो।

किशिदाले मङ्गलबार पूर्व स्वास्थ्यमन्त्री शिगेयुकी गोतोलाई यामागिवाको स्थानमा अर्थमन्त्रीमा नियुक्त गरेका छन ।
किशिदाले गोतो एक अनुभवी राजनीतिज्ञ भएको बताऊदै भने “स्पष्टीकरण दिन अत्यधिक सक्षम, आर्थिक र सामाजिक सुधारको लागि “जोश” भएका व्यक्तित्व हुन। किशिदाले यस हप्ताको अन्त्यमा घोषणा गर्ने योजना बनाएको प्रमुख आर्थिक प्याकेज सहित मुख्य नीतिगत लक्ष्यहरू समन्वय गर्न , उपलब्धि हासिल गर्नका लागि केन्द्रीय भूमिका खेल्ने आशा समेत किशिदाले राखेका छन । गोतोले मंगलबार नै दरबारमा एक समारोहका बिच पद तथा गोपनीयताको सपथ लिने भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?