घुस लिन रेस्टुरेन्ट पुगेको अवस्थामा उपसचिव ६ लाख घुससहित पक्राउ

-


     जनहित न्युज    
     श्रावण १७ गते २०७९


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख रुपैयाँ घुस लिन रेस्टुरेन्ट पुगेको अवस्थामा रङ्गेहात पक्राउ परेका छन् ।

काठमाडौंको नागपोखरीस्थित अरोरा रेस्टुरेन्टबाट उपसचिव नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ परेको हो ।

प्याराग्लाईडिङ्ग सञ्चालनका लागि अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग छ लाख रूपियाँ घुस लिएको उजुरीका आधारमा अख्तियारले अनुसन्धान सुरु गरेको थियो । 

काठमाडौं महानगरपालिका, वडा नं. १ मनकामना मार्गस्थित होटल अरन्यको कम्पाउण्डबाट नियन्त्रणमा लिई नेपालले प्रयोग गरेको गाडी खानतलासी गर्ने क्रममा सो रकमसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । 

उपसचिव नेपालसँग स्रोत नखुलेको थप रकम १६ लाख ५० हजार रुपियाँ गरी जम्मा २२ लाख ५० हजार रुपयिाँ बरामद गरी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?