नेपालीको समस्यामा हातेमालो गर्दै एनआरएनएको संस्थागत विकासमा योगदान गर्न उपाध्यक्षमा सचिन श्रेष्ठको उम्मेदवारी

-


     जनहित न्युज    
     श्रावण १२ गते २०८०


सुनौलो हुनेछ भोलिको बिहान, इमान्दारिता मेरो पहिचान भन्ने मान्यताका साथ सचिन श्रेष्ठले एनआरएनए जापानको २०२३-२०२५ कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन।
विभिन्न सामाजिक क्रियाकलापमा क्रियाशील हुदै आएका श्रेष्ठ एनआरएनएको अभियानमा जापानको गत कार्यकालमा सह कोषाध्यक्ष पदमा रहेर कार्य गरिसकेका उनले नेपाली सस्कृतिको संरक्षण सकारात्मक परिवर्तनको संबाहकमा सहयोग गर्नका लागि एनआरएनए जापानको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।
लामो समय जापानमा रहेर व्यावसायसंगै समाजिक कार्यमा क्रियाशील उपाध्यक्ष पदका प्रत्यासी श्रेष्ठ मोना जापानका अध्यक्षका साथमा बिभिन्न क्लब, संघ संस्थामा रहेर सामाजिक सेवामा सक्रिय रहेकोले सामाजिक सेवामा लाग्नका लागि एनआरएनए जापानको उपाध्यक्षको पदमा मतदानका लागि जापानबासी एनआरएनए सदस्यहरूसंग अनुरोध गरेका छन ।
एनआरएनए जापानको उपाध्यक्ष पदमा रहेर जापानवासी नेपालीको समस्यामा हातेमालो गर्दै वृहत्तर हित, संस्थागत विकास तथा नेपाल र जापानको सुमधुर सम्वन्ध विस्तारका लागि मन बचन र कर्मले कार्य गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?