हुण्डीबाट पैसा पठाउदा कसरी फसिन्छ ? के कस्तो सजायको भागीदार हुनु पर्छ? जानिराखे राम्रो !

-


     नरेन्द्र बस्नेत दिनेश    
     पौष १० गते २०८०


जाइरियु कार्ड नदेखाई पैसा पठाईदिन्छौ भनेर या केहि बढि रेटको लोभमा परेर कतै तपाई हुण्डी गर्ने अबैधानिक तरिकाले कारोबार गर्नेहरु मार्फत पठाई रहनुभएको त छैन ? यदि त्यसो हो भने तपाई त एकदिन फस्नु हुन्छ नै तपाइको सानो प्रलोभन र अल्छीपनाको परिणाम तपाइको परिवार समेत सजायको भागिदार हुन सक्छ त्यसैले पैसा पठाउदा आधिकारिक ठाउबाट मात्रै कारोबार गर्नुहोला।

पछिल्लो समय जापानमा आधिकारिक ठाउबाट अनुमति नलिइकन हुण्डी गर्ने रेस्टुरेन्ट, हलाल मार्ट लगायतकाहरु धेरै फस्टाएको बुझिएको छ भने कतिपय ठाउमा थोरै प्रलोभनमा परि नया विद्यार्थीहरु पनि यसमा प्रयोग भएको पाइएको छ।
यो बिषयमा केहि जानकारी राखिदिएमा ठगिनबाट जोगिन सजिलो हुने थियो भनि धेरै जनाको जिज्ञासा र अनुरोध आएकोले त्यसलाई मध्यनजर गर्दै आफुले जानेको बुझेको केहि कुराहरु सेयर गरेको छु। 
१. रेमिट्यान्स कम्पनीमा जाइर्यो कार्ड दिएर पैसा पठाउदैमा भिषामा समस्या आउछ र ?
आधिकारिक रुपमा पैसा पठाउने रेमिट्यान्स कम्पनीहरुले अनिबार्य रुपमा जाइर्यो कार्ड चेक गर्नुपर्छ।जाइर्यो कार्ड चेक गर्ने भनेको होननिन खाकुनिनको लागि हो। होननिन खाकुनिन भनेको व्यक्तिको पहिचान प्रमाणिकरण हो । जुन सेवाग्राहीलाइ सुरक्षित सेवा प्रबाह गर्नको लागि अनिवार्य छ। यसरी गर्दा खेरि पैसा पठाउनेले आफ्नो पैसा कुन रेमिट्यान्स मार्फत कसरी गइरहेको छ । पठाएपछि केहि प्राबिधिक कठिनाइ आइपरेमा को सँग कहाँ सम्पर्क गर्ने भनेर प्रस्ट बुझेर गर्न जरुरी छ । यसरी बुझेर आधिकारिक ठाउँबाट कारोबार गरेकाहरुलाई कुनै किसिमको झन्झट हुदैन र सेवाग्राहीको व्यक्तिगत बिवरण कम्पनीसंग मात्र निहित हुने भएकोले कुनै पनि निकायले यसको जानकारी लिन चाहेमा सम्बन्धित व्यक्तिको अनुमति बाहेक दिन मिल्दैन । यसर्थ भिषामा समस्या भन्ने लगायतको कुराहरुमा यसले कुनै प्रभाब पार्दैन।

२. बिना जाइर्यो कार्ड पठाउनेलाई के भनिन्छ ?
बिना जाइर्यो कार्ड पठाउनु भनेको कानुनत गलत हो। पछिल्लो समय धेरै गैरकानुनी तरिकाले पैसा पठाउने (हुण्डी गर्नेहरु) बढेको व्यापक रुपमा सुनिन्छ। यसरी गर्नेहरुमा कतिपय रेस्टुरेन्ट ब्यबसायी कतिपय हलाल स्टोर कतिपय व्यक्तिगत तबरबाट गर्नेहरु पनि भएको सुनिनुको साथै गुनासोहरु पनि बढिरहेको छ। यस्तो गर्नेहरुले रेमिट्यान्सबाट पठाउदा भिषामा समस्या पर्ने भनि गलत प्रचार गरिदिनाले बिषेशत नया भाइ बैनीहरु त्रशित र भ्रममा परि बाध्य भएर गैर कानुनी तरिकाले पठाइरहेको बुझिन्छ भने कतिपयले त बिद्यार्थीहरुलाई नै केहि लाभ दिए जस्तो गरेर एजेन्टको रुपमा प्रयोग गरेको पनि सुनिएको छ। जसको कारण धेरैले ठगीए पछि मात्र चेतेर बैधानिक बाटो खोजेको भेटिन्छ भने बैधानिक बाटो थाहा नहुनेहरु त्यस्तै हुण्डी कारोबारीहरु सँगै बाध्य भएर कारोबार गरिरहेको बुझिएको छ।
लामो समयदेखि बसेका केहि जानेका बुझेकाहरु बिना प्रक्रिया थोरै बेसी रेटको लोभमा परेर हुण्डी गर्नेहरुको हकमा भने भगवानले इमान्दारिताको कमाइ इमान्दार र बैधानिक तरिकाले पठाउने सद्बुद्धि दिउन भन्ने बाहेक केहि भन्न सकिन्न ।

३. बिना जाइर्यो कार्ड मार्फत पैसा पठाउदा के-के समस्या आउन सक्छ ?
बिना जाइर्यो कार्ड मार्फत पैसा पठाउदा केहि प्राबिधिक समस्या आएमा शिकायत गर्ने ठाउ हुदैन भने पठाइदिने पसल वाला होस् या रेस्टुरेन्ट वाला होस् या अन्य जो सुकै होस् उसले बेइमानी गर्न चाहेको बेला जति खेर पनि बेइमानी गर्न सक्छ र यदि त्यस्तो गरेर आफु धोकामा परे भन्ने महशुश भएको खण्डमा पनि आफुले गरेको त्यो कारोबार नै गैर कानुनी भएकोले शिकायत गर्ने ठाउँ रहदैन साथै आफु पनि कानुनी फन्दामा पर्ने सम्भावना रहन्छ ।

लामो समयदेखि बसेका केहि जानेका बुझेकाहरु बिना प्रक्रिया थोरै बेसी रेटको लोभमा परेर हुण्डी गर्नेहरुको हकमा भने भगवानले इमान्दारिताको कमाइ इमान्दार र बैधानिक तरिकाले पठाउने सद्बुद्धि दिउन भन्ने बाहेक केहि भन्न सकिन्न ।

४. हुण्डीको पैसा ओसारपसार गर्ने बिधार्थीहरु या व्यक्तिलाईलाई के-के समस्या हुनसक्छ ?
हुण्डीको पैसा ओसार पसार गर्नु गैर कानुनी काम भएकोले घटनाको प्रकृति अनुरुप जेल सजाय,देश निकाला लगायत नियम संगत रुपमा कार्यबाही हुन्छ । यस्तो अवस्थामा पठाउनेले मलाई थाहै थिएन लगायतका कुनै पनि किसिमका गुनासा या तर्क बितर्कले काम गर्दैन र पठाउने पसल (व्यक्ति) रेस्टुरेन्ट कम्पनि र सेवाग्राही दुवै पक्ष कार्बाहीको भागिदार हुनुपर्ने हुन्छ।
५ . हुण्डीबाट पैसा पठाउदा कसरी फसिन्छ?
यदि तपाइले बिश्वास गरेको व्यक्ति नै भएपनि उसले अबैधानिक माध्यमबाट पैसा पठाएको छ भने तपाइको पैसा प्राप्त गर्ने व्यक्तिको नेपालको खातामा अन्जान व्यक्तिको नामबाट पैसा जम्मा हुन्छ। जसको नामबाट पैसा जम्मा भएको छ यदि त्यो ब्यक्ति सिबिआइको कालो सुचीमा रहेछ र प्रहरीले खोजिरहेको व्यक्ति रहेछ र त्यो समयमा नै पक्राउ पर्यो भने तपाइको पैसा प्राप्त गर्ने निर्दोष व्यक्ति परिवार या आफन्त पनि त्यो ब्ल्याक लिस्टेड व्यक्तिसंगै अनाहकमा फन्दामा पर्छ।
यसरी नै पैसा पठाउनेको लापरबाही या अलिकति धेरै रेट पाउने प्रलोभनको कारण तिनका बुवा आमा या आफन्तहरु अनावश्यक प्रहरीको फन्दा पर्न थालेको घटनाहरु पछिल्लो समय बढ्न थालेको छ।

म आफै पनि कुनै आधिकारिक रेमिट्यान्स कम्पनीसंग आबद्ध भएकोले धेरैले गुनासो या प्रश्न गर्नु हुन्छ।
जापान भरि आधिकारिक रुपमा दर्ता भएर चलेका रेमिट्यान्स कम्पनीहरुले आधिकारिक रुपमा अवस्था अनुसार रेस्टुरेन्ट ,हलाल स्टोर, मार्ट लगायतलाइ एजेन्ट दिएर त्यसबाट कारोबार गर्न मिल्ने पनि हुन्छ।यदि तपाइहरुले त्यस्तो ठाउ बाट पैसा पठाउदै हुनुहुन्छ भने पैसा पठाउने बित्तिकै जुन कम्पनीबाट गएको त्यसको आधिकारिक रिसिप्ट या बिवरण अनिवार्य दिएको हुनुपर्छ र तपाइले पनि लिनु पर्छ यसो भएमा आफुले सेवा लिएको ठाउ बन्द भए सम्पर्क हुन नसके या केहि समस्या परेमा डाइरेक्ट कम्पनीमा परामर्श या सम्पर्क गरेर समाधान गर्न सकिन्छ।
स्मरण रहोस जापानमा नियम परिधिमा रहेर कारोबार गर्ने हरुको कहिले पनि भिषा या कुनै किसिमिको समस्या आउदैन। सेवाग्राहीलाइ सुरक्षित सेवा प्रदान गर्न स्पस्ट र कटिबद्ध छौ।
जापानबाट नेपाल लगायत यहाको कानुनले मान्यता दिएको संसारको जुनसुकै देशमा पनि सेवा प्रदान गर्दछौ भने हामि मार्फत नै संसारको अधिकतम देश बाट पैसा प्राप्त गर्न मिल्ने सुबिधा पनि दिइरहेका छौ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?