गैर आवासीय नेपाली संघमार्फत विदेशमा रहेका दोस्रो पुस्ताका नेपालीहरुलाई नेपालको सस्कृति र संस्कारप्रति आकर्षित गर्ने उद्देश्यका साथ आइसीसी सदस्य पदमामा राम थापा अनिलले उम्मेदवारी घोषणा गरेका छन ।
जापानमा रहेर समाजका विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय तथा एनआरएनएको गतिविधिमा २०१५ देखि क्रियाशील अनिलले विदेशमा सिकेको ज्ञान सिप प्रविधि र पूँजीलाई नेपालको विकासमा लगाउने वातावरण सृजना गर्दै एनआरएनएलाई सबैको आशा र बिश्वासको केन्द्र बनाउनका लागि आफूले आइसीसी सदस्य पदमा उम्मेदवारी दिएको बताएका छन ।
एनआरएनए जापानको उपाध्यक्ष समेत भएका अनिल निरन्तर रूपमा यस अभियानमा सक्रिय रहेकोले आफू सो पदका लागि योग्य उम्मेदवार रहेको उनको दाबी छ । ‘विगतको देखि नै यो अभियानमा लागेर एनएसीसीको उपाध्यक्षको पदमा रहि निरन्तर क्रियाशील रहेकोले यस पटक सबैको साथ र सहयोगमा जित निश्चित छ’ अनिलले भने ।
जापानमा प्राप्त ज्ञान, सिप, क्षमता र पुँजीलाई नेपाल लैजान पहल गर्ने, जापानीज पर्यटक नेपाल लैजान योजना बनाउँदै कार्यान्वयन गर्ने लगायतका काम गर्न क्रियाशील रहने अनिलले एजेण्डाहरु अगाडि सारेका छन ।
सम्पूर्ण एनआरएनए नेपालीलाई उनले आफ्नो पक्षमा मतदान गर्न अपिल गर्दै प्रवासी नेपालीलाई नेपालसँग जोड्दै मातृभूमिको लागि काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
बागलुङको गल्कोटमा जन्मिएका अनिल हाल जापानमा व्यावसायीको रूपमा कार्यरत रहेका छन । विभिन्न सामाजिक र व्यावसायिक संघ संस्थामा आवद्द अनिल समाजसेवा जहाँ जसले जस्तो ठाउँबाट गरे पनि हुने तर त्यसलाई संस्थागत रुपमा गर्नुपर्छ भन्ने मान्यता राखी कुनै पदमा बसेर आफ्नो पदको मर्यादा अनुरूप समाज सेवा गर्नुपर्ने उनको मान्यता रहेको छ ।