ग़ैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को सदस्य पदमा बिष्णुप्रसाद घिमिरेले उम्मेदवारी दर्ता गराएका छन ।
एनआरएनएको अभियानमा लामों समयदेखि सक्रिय घिमिरेले समाज सेवामा निरन्तरता निःस्वार्थ सेवासहित सामुदायिक एकता भन्ने मान्यताका साथ आफूले उक्त पदमा उम्मेदवारी दिएको बताए ।
एनआरएनएको अभियानमा क्षेत्रीय समितिदेखि राष्ट्रिय समन्वय परिषद्को सचिवसम्मको जिम्मेवारी सम्हालिसकेका घिमिरेले परिणाम उन्मुख कार्ययोजना कार्यान्वयन गराउनका लागि एनआरएनएको मुख्य नेतृत्वलाई सहयोग पुर्याउन आफ्नो उम्मेदवारी रहेकाले जापानबासी पञ्जीकृत सदस्यलाई मतदानको लागि अनुरोध गरेका छन ।
साहित्य लेखन पत्रकारितासंगै जापानको नागोयामा व्यावसाय संचालन गरेर बसेका आइसीसी सदस्य पदका प्रत्यासी घिमिरेले नेपालको सस्कृतिलाई बिदेशमा नेपालको आकृति चिनाउनका लागि भूमिका निर्वाह गर्न आफू सक्षम रहेकोले मतमार्फत जुलाई ३० तारिक अनुमोदित हुने विश्वास व्यक्त गरे ।
एनआरएनए जापानको निर्वाचन आउने आइतबारबार जुलाई ३० तारिक हुने कार्यतालिका रहेको छ । आइसीसी सदस्य पदमा ९ जनाको उम्मेदवारी परेको छ ।