
एनआरएनए जापानको जुलाई ३० मा हुने निर्वाचनको लागि युवा संयोजकमा उम्मेदवारी दर्ता गराएका राजु भण्डारी सुनिलले उम्मेदवारी फिर्ता लिने भएका छन ।
एनआरएनए जापानको मौजुदा केन्द्रीय सदस्य पदमा रहेर सक्रियतापूर्वक कार्य गरेका भण्डारीले सहमती र सहकार्यमार्फत एनआरएनए जापानमा सहमतिको वातावरण सृजना गर्नको लागि आफूले उम्मेदवारी फिर्ता लिएर सो पदका प्रत्यासी मुक्तिराज रेग्मीलाई सहयोग गरेको बताएका हुन ।
“प्रवासमा रहेर एनआरएनएमार्फत सामाजिक सेवामा क्रियाशील र निरन्तरता दिनका लागि मैले युवा संयोजक पदमा उम्मेदवारी दर्ता गराएको गराएको थिए।“ उम्मेदवारी फिर्ता लिएको बारे जानकारी दिदै भण्डारीले भने- सहमति र सहकार्यबाट नै समाज एकताबद्द भै विभाजनतिर नलगी भातृत्वको वातावरण बनाउनको लागि मैले मुक्तिराज जी लाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको हुँ ।
एनआरएनएको अभियानमा आफू सधैंभरि सक्रियतापूर्वक क्रियाशिल रहने बताउदै भण्डारीले आफू उदाहरणको रूपमा प्रस्तुत भएर उम्मेदवारी फिर्ता लिएकोले एनआरएनए जापानमा सहमतीय प्रणालीबाट नेतृत्व चुन्नका लागि अन्य उम्मेदवारहरूले पनि छाती फराकिलो बनाउन आग्रह गरे । उनले अग्रजहरूको आग्रहलाई आत्मसात् गर्दै आफूले यो निर्णय गरेको पनि बताए ।
युवापङ्तीमा पपुलर रहेका भण्डारीले उम्मेदवारी फिर्ता लिएसंगै युवासंयोजक पदमा निर्विरोध रूपमा अर्का प्रत्यासी रेग्मी निर्वाचित हुने भएको छ ।